Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाकिस्तान विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो

पाकिस्तान विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो

  • सोमवार, श्रावण १५ २०८०

  • 1.2K
    SHARES

  • पाकिस्तान विस्फोटमा मारिनेको संख्या ४४ पुग्यो
    काठमाडौं ।  इस्लामिक पार्टीद्वारा आयोजना गरिएको एक कार्यक्रममा विस्फोट हुँदा पाकिस्तानमा कम्तीमा ४४ जनाको मृत्यु भएको छ । उत्तर–पश्चिम बाजुर जिल्लामा जामियात उलेमा–ई–इस्लाम–फजलको कार्यक्रममा विस्फोट हुँदा १ सय जनाभन्दा बढी घाइते भएका छन् ।
     
    प्रहरीले यो सम्भावित आत्मघाती विस्फोट भएको प्रमाणहरू फेला परेको जनाएको छ । सबै घाइतेहरूलाई उद्धार गरी अस्पताल पुर्‍याइएको अधिकारीहरूको भनाई छ । तर मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीले बताएको छ । कम्तीमा १५ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
     
    के कारणले विस्फोट गराइयो भन्ने खुलेको छैन । आइतबार अफगानिस्तानको सीमा नजिकै रहेको खारमा आयोजित कार्यक्रममा सयौँको संख्यामा मानिसहरू भाग लिन आएका थिए । 
     
    सामाजिक सञ्जालमा सेयर गरिएको भिडियोमा एक पाल मुनि कार्यक्रम आयोजना भइरहेको बेला स्टेजको छेउमा विस्फोट भएको देखिएको छ ।


    सोमवार, श्रावण १५ २०८००६:४१:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij