एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र फस्र्ट लेडी मेलानिया ट्रम्पलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । राष्ट्रपति ट्रम्पले ट्विट गर्दै आफू र मेलानियालाई कोरोनासंक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।
यसअघि, ट्रम्पका सहयोगी होप हिक्सलाई बिहीबार राति कोरोना संक्रमणको पुष्टि भएपछि ट्रम्प क्वारेन्टिनमा बसेका थिए । चुनावी प्रचार–प्रसारमा व्यस्त ट्रम्प र संक्रमण देखिएका होप टेलिभिजन डिबेटका लागि सँगै एयर फोर्स वान विमानबाट यात्रा गरेका थिए ।