Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

युक्रेनसँग शान्ति वार्ता गर्न रुस तयार 

युक्रेनसँग शान्ति वार्ता गर्न रुस तयार 

  • आइतवार, श्रावण १४ २०८०

  • 805
    SHARES

  • युक्रेनसँग शान्ति वार्ता गर्न रुस तयार 
    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमर पुटिनले युक्रेनसँग शान्ति वार्ता गर्न आफू तयार रहेको बताएका छन्। रुसस्थित सेन्ट पिटर्सवर्गमा अफ्रिकन नेताहरूसँगको छलफलपछि उनले आफूले कहिल्यै शान्ति वार्ता अस्वीकार नगरेको बताए। अफ्रिका र चीनको पहलअनुसार युक्रेनसँग शान्तिका लागि वार्ता गर्न सकिने उनको भनाइ थियो।
     
    युक्रेनी सेनाले आक्रमण गरिरहेको बताउँदै उनले यस्तो बेला युद्ध विराम कार्यान्वयन गर्न कठिन रहेको पनि बताए।  यसअघि दुवै देशले बिना सर्त वार्ता नगर्ने बताएका छन्। रुसले गत वर्ष आक्रमण गरी युक्रेनको दक्षिण र पूर्वी भूभाग कब्जा गरेको थियो। रुसले उक्त क्षेत्रमा आफ्नो दाबी गरिरहेको छ भने युक्रेनले त्यो भूभागमा सम्झौता नगर्ने बताउँदै आएको छ।
     
    गए राति बैठकपछि सञ्चारकर्मीसँग पुटिनले युक्रेनविरुद्ध तत्काल कारबाही गर्ने कुनै योजना नभएको पनि बताए। पुटिनलाई नेतृत्वविरुद्ध उठिरहेका आलोचनात्मक स्वर दबाउन उनीहरूलाई पक्राउ गरिरहेको पनि आरोप छ। तर ती आरोपमा सत्यता नभएको दाबी उनले गरे। रुसलाई हानी पुर्‍याउन
     
    देशभित्रै राष्ट्र विरोधी गतिविधि भइरहेको र तिनलाई रोक्न उनीहरूलाई गिरफ्तार गरिएको प्रष्टीकरण उनले दिए। मस्को आक्रमणको आलोचना गर्ने विपक्षी नेताहरूलाई पुटिनले पक्राउ गराएका छन्।


    आइतवार, श्रावण १४ २०८००३:२३:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij