Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारविरुद्धको ब्याटल जितेरै छोड्छुँ : प्रचण्ड

भ्रष्टाचारविरुद्धको ब्याटल जितेरै छोड्छुँ : प्रचण्ड

  • आइतवार, श्रावण १४ २०८०

  • 530
    SHARES

  • भ्रष्टाचारविरुद्धको ब्याटल जितेरै छोड्छुँ : प्रचण्ड

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने बताउनुभएको छ। आइतबार समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो ।

    ‘भ्रष्टाचारविरोधी वा तस्करीका विरुद्ध जेहाद छेडिँदैछ । यो कदम यहि रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढनेवाला छ’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।

    नेपाल राष्ट्रको एकता, सम्मृद्धि र विकास निर्माणका लागि यो लडाई जित्नैपर्ने भन्दै प्रचण्डले यो कुनै आवेग र राजनीतिक स्टण्ट पनि नभएको बताउनुभयो।

    उहाँले लाखौ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरु भ्रष्टाचारका फायल खुल्दै जाने पनि बताउनुभयो । उहाँले आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको व्याटल जितिने बताउनुभयो ।

     


    आइतवार, श्रावण १४ २०८००२:१३:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij