Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

सुन प्रकरण पेचिलो बन्दै,सत्तारुढ सांसदले नै माग्न थाले अर्थ र गृहमन्त्रीको राजीनामा, सुन तस्करी सेटिङमा भएको आरोप(खासखबर)

सुन प्रकरण पेचिलो बन्दै,सत्तारुढ सांसदले नै माग्न थाले अर्थ र गृहमन्त्रीको राजीनामा, सुन तस्करी सेटिङमा भएको आरोप(खासखबर)

  • शुक्रवार, श्रावण १२ २०८०

  • 689
    SHARES

  • सुन प्रकरण पेचिलो बन्दै,सत्तारुढ सांसदले नै माग्न थाले अर्थ र गृहमन्त्रीको राजीनामा, सुन तस्करी सेटिङमा भएको आरोप(खासखबर)

    काठमाडौं। सरकारले मनमौजी ढंगबाट कुशासनालाई प्रसय दिएको भन्दै आलोचना हुन थालेको छ । बजेट निर्माण र वितरण गर्दादेखि सुन तस्करीसम्म आउँदा सरकार सेटिङमा चलेको आरोप लागेको हो ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले चार वटा क्षेत्रमा ५३ प्रतिशत बजेट विनियोजन गरेर १६१ क्षेत्रलाई उपेक्षा गरेको भन्दै राजीनामा दिनुपर्ने कांग्रेस भित्रैबाट आवाज उठेको छ ।

    कांग्रेस सांसद सुनिल शर्माले सुन तस्करीमा समेत डा. महतको हात रहेको आरोप लगाउनुभएको छ। पूर्व अर्थमन्त्री डा. रामशरण महतको उदाहरण दिँदै शर्माले उहाँ जतिको नैतिकता प्रकाशशरणमा नदेखिएको दाबी गर्नुभयो । चौतर्फी राजीनामाको माग आउँदा पनि अर्थमन्त्रीले लाज पचाएको उहाँको तर्क छ ।

    प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि बजेट र सुन तस्करी प्रकरणलाई लिएर अर्थमन्त्री, गृहमन्त्रीको राजीनामा माग गरिरहेको छ । पछिल्लो समय हालसम्मकै उच्च परिमाणमा (करिब १ सय किलो) सुन तस्करी प्रकरणमा सरकारको संलग्नता रहेको एमालेको आरोप छ ।

    गठबन्धनको सरकार निर्माण भइसकेपछि रेडी ट्रेड नामक कम्पनी दर्ता गरेर पटकपटक सामान ओसारिएको एमाले सांसद तारा लामा तामाङको भनाइ छ । हालसम्म आएको सामानमाथि पनि छानबिन हुनुपर्ने बताउँदै तामाङले नैतिकतामा आधारमा प्रकाशशरण महत र नारायणकाजी श्रेष्ठले राजीनामा दिएर अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।

    नेकपा माओवादी केन्द्रले भने भ्रष्टाचारका हरेक प्रकारमाथि सरकारको निगरानी रहेको दाबी गरेको छ । सुनतस्करी देखि यो मुलुकमा भएका विभिन्न घोटालामा सरकार आक्रामक रुपमा छानबिनमा लागिरहेको माओवादी केन्द्रका सांसद राजन दाहालको दाबी छ । गलत नियतका साथ राज्यको सम्पत्ति दोहन गर्नेहरु सरकारको कामबाट अत्तालिएको उहाँको भनाइ छ ।

    सरकारले भ्रष्टाचारविरुद्ध थालेको अभियानलाई नागरिकले प्रशंसा गरेपनि निशाना चुकिरहेको भन्दै आलोचना समेत हुने गरेको छ । भ्रष्टाचारमा नाम पोलिएका व्यक्तिहरु खुलेआम हिड्नु र ठूला माछा नियन्त्रणमा नआउनुले ‘एक हातमा घाँस अर्को हातमा लाठी लिएर गोरु चुटाई मात्रै हो की ?’ भन्ने भान हुन थालेको छ ।


    शुक्रवार, श्रावण १२ २०८००८:२६:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij