Aug 11 2026 | २०८३, श्रावण २६ गते

२०८३, श्रावण २६ गते
  • यो साता चर्चामा :
images

रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदामबाट साढे ७ क्विन्टल सुन तस्करी भएको प्रमाण फेला

रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदामबाट साढे ७ क्विन्टल सुन तस्करी भएको प्रमाण फेला

  • शुक्रवार, श्रावण १२ २०८०

  • 1.5K
    SHARES

  • रेडी ट्रेडर्सको सोह्रखुट्टे गोदामबाट साढे ७ क्विन्टल सुन तस्करी भएको प्रमाण फेला

    काठमाडौं । सुन तस्करीमा संलग्न रेडी ट्रेडर्स प्रालिको काठमाडौंस्थित सोह्रखुट्टे गोदामबाट बुधबार बरामद गरिएका स्कुटरको ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको छ । विभागका अनुसार सुन झिकेपछि दुरुस्तै बनाएर ‘ब्रेक शु’लाई कार्टुनमा ‘रिप्याक’ गरेको पाइएको छ ।

    राजस्व अनुसन्धान विभागका अनुसार १ हजार ३२० थान बढी ‘ब्रेक शु’ बाट सुन झिकेको पाइएको हो । १००० ग्राम तौलको एक थान ‘ब्रेक शु’बाट ५५५ ग्राम सुन झिकेको पाइएको छ । समग्रमा ब्रेक शुबाट ७३२.६ केजी सुन झिकेको पाइएको छ । सुन झिकिएपछि अहिले ‘ब्रेक शु’को प्रतिथान तौल ४४५ ग्राम मात्रै छ ।

    गोदामबाट बरामद गर्ने क्रममै सुन छुट्टयाएर तस्करले लगिसकेको अवस्थामा फुक्लेका ‘ब्रेक शु’ बरामद गरेको थियो । ती ‘ब्रेक शु’लाई ल्याब परीक्षणका लागि भन्सार विभाग पठाइएको थियो ।

    गोदामबाट ‘ब्रेक शु’बाट सुन पगाल्ने उपकरण दुई थान र सुन तौलिने तुलो समेत भेटिएको विभागले जनाएको छ ।

    ब्रेक शु, सुन पगाल्न प्रयोग गरिने मेसिन र तौलिने तुलो बरामद गरिएको गोदाम चिनियाँ नागरिकले भाडामा लिएर सञ्चालन गरेका थिए ।


    शुक्रवार, श्रावण १२ २०८००५:२५:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij