काठमाडौं । देशकै अग्रणी तथा ठुलो ईन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक प्रा.लि.ले स्थापनाको चौधौं वार्षिकोत्सव मनाएको छ ।
क्लासिक टेकले १४ वर्षको यस व्यवसायिक यात्रामा महत्वपुर्ण योगदान पुर्याउने सम्पूर्ण कर्मचारी, ग्राहक , प्राविधिक, व्यवस्थापन समुह, विभिन्न आपूर्तिकर्ता तथा सेवा प्रवाह कम्पनी, नियामक निकाय तथा यस कम्पनीलाई सहयोग, सद्भाव र मार्गदर्शन प्रदान गर्ने सम्पूर्ण सरकारी, गैर–सरकारी संघसंस्था, विषयगत निकाय, सेवा प्रदायक तथा वित्तिय संघसंस्थाहरुलाई हार्दिक धन्यवाद प्रदान गर्दै विगत वर्षहरु झैं आगामी दिनहरुमा पनि सोही प्रकारको सहयोग, सद्भाव, मार्गनिर्देशनको अपेक्षा लिएको छ ।
सन् २००९ मा स्थापना भई सेवा शुरु गरेको कम्पनीले हाल देशभरिका ७४ जिल्लाहरुमा १०० वटाभन्दा बढी आउटलेट बाट सेवा प्रदान गर्दै आईरहेको छ । कम्पनीले ग्राहकहरुको सुविधाको लागि आफनै CDN सर्भर जडान गरि फेसबुक ,युट्युब , नेटफ्लिक्स , गूगल , अकमाई ,जस्ता सामाजिक संजालहरु मार्फत गुणस्तरीय तथा भरपर्दोसेवा प्रदान गर्ने गरेको छ ।
कम्पनीले विराटनगर र काठमाण्डौंमा Data backup center स्थापना गरेको छ । यसले छोटो अवधिमा अत्याधिक लोकप्रिय ईन्टरनेट सेवा प्रदान गर्न सफल भएको छ । त्यस्तै कम्पनीको सेवा विस्तारको माध्यम बाट दुर्गम ग्रामीण ईलाकामा पनि सुपथ मूल्यमा गुणस्तरीय सेवा प्रदान गर्ने कम्पनीको लक्ष्य रहेको व्यहोरा अवगत गराउन चाहन्छौं । यस प्रकारको सेवा प्रवाहबाट सेवाग्राहीहरुलाई आवश्यकीय ईन्टरनेट सेवा प्रदान गर्दै कम्पनीमा कार्यरत प्रत्यक्ष तथा अप्रत्यक्ष रोजगारीको सिर्जना र राजस्व मार्फत देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सहयोग गर्ने कम्पनीको दीर्घकालीन लक्ष्य रहेको छ ।
यस यात्रामा कम्पनीले समय समयमा अत्याधुनिक नवीन प्रविधीहरु भित्र्याउदै आईरहेको छ । डुअल ब्याण्ड राउटर र IPTV जस्ता प्रविधिको प्रयोगबाट सेवामा थप गुणस्तरीयता थपिएको छ । कम्पनीको १४ औं वार्षिकोत्सवको अवसरमा ५०, ७५, १००, २०० र ३००Mbps ईन्टरनेट प्लानहरु अत्याधिक छुटमा वितरण गरिदैं आईरहेको कम्पनीले जनाएको छ ।
