Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

  • शुक्रवार, श्रावण १२ २०८०

  • 577
    SHARES

  • राष्ट्रपतिद्वारा मिटर व्याजसम्बन्धी विधेयक प्रमाणीकरण

    काठमाडौं । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गर्नुभएको छ ।

    दुवै सदनबाट पास भई प्रमाणीकरणका लागि शीतलनिवास पुगेको विधेयक शुक्रबार(आज) राष्ट्रपति पौडेलले प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि विधेयकले कानुनको रुप लिएको छ ।

    राष्ट्रिय सभामा उत्पत्ति (५ असार २०८० मा दर्ता) भएको यो विधेयक १५ असार २०८० मा पारित भएर राष्ट्रिय सभामा गएको थियो । ३१ असार २०८० मा प्रतिनिधिसभाले संशोधन सहित पारित गरेको विधेयकलाई १० साउनमा राष्ट्रिय सभाले सर्वसम्मत रुपमा स्वीकार गरेको थियो ।

    हेर्नुहोस् राष्ट्रपति कार्यालयबाट जारी गरेको विज्ञप्ति :

    rastrapati_Y4HLWXZq58.webp


    शुक्रवार, श्रावण १२ २०८००३:३४:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij