Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

भ्रष्टाचारका नयाँ श्रृंखलाले विश्व मानचित्रमा नेपालको छबि धमिलिँदै, तस्करीको पनि ट्रान्जिट प्वाइन्ट बन्दै, (खासखबर)

भ्रष्टाचारका नयाँ श्रृंखलाले विश्व मानचित्रमा नेपालको छबि धमिलिँदै, तस्करीको पनि ट्रान्जिट प्वाइन्ट बन्दै, (खासखबर)

  • बिहिवार, श्रावण ११ २०८०

  • 578
    SHARES

  • भ्रष्टाचारका नयाँ श्रृंखलाले विश्व मानचित्रमा नेपालको छबि धमिलिँदै, तस्करीको पनि ट्रान्जिट प्वाइन्ट बन्दै, (खासखबर)

    काठमाडौं।नेपालमा बढ्दै गएको भ्रष्टाचारका नयाँ–नयाँ श्रृंखला उजागर भएसँगै विश्व मानचित्रमा गलत सन्देश प्रवाह भएको छ । मुलुकभित्रै भइरहेको भ्रष्टाचार एकातिर, अर्को तिर तस्करीको ट्रान्जिट बन्दै जाँदा देश कमजोर बन्दै गएको जानकारहरु बताउँछन् । कतिपयले भ्रष्टाचारको मूख्य कारक पूँजीवादी व्यवस्था पनि रहेको दाबी गरेका छन् । यो व्यवस्थाले हरेक तहका नागरिकलाई पनि जान/अञ्जानमा भ्रष्ट बनाइरहेको उनीहरुको दाबी छ ।

    मुलुकको बागडोर सम्हाल्दै आएका राजनीतिक दल र तिनका नेताहरुले भ्रष्टाचारलाई नीतिगत रुपमा संरक्षण गर्दा थप जोखिम निम्तिएको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोलाले बताउनुभएको छ । सम्पत्ति निजीकरण भएसँगै मानिसमा पलाउने लोभका कारण भ्रष्टाचार बढेको उहाँको तर्क छ । भ्रष्टाचार हरेक मुलुकमा हुने भएपनि त्यहाँ कारबाहीको दायरामा ल्याउने गरेको उहाँको भनाइ छ । नेपालमा जबरजस्ती भ्रष्टाचारी बन्नुपर्ने बिडम्बना रहेको बास्तोलाको दाबी छ ।

    पछिल्लो समय नीतिगत रुपमा हुने भ्रष्टाचार मौलाएको वरिष्ठ अधिवक्ता ध्रुव लाल श्रेष्ठको भनाइ छ । राज्यका हरेक अंगलाई कब्जामा लिई आफू अनुकुल निर्णय गर्दै भ्रष्टाचारलाई प्रसय दिन राजनीतिक दलहरु सक्रिय रहेको उहाँको दाबी छ । यो मुलुकमा विद्यमान राजनीतिक दलभित्र विचौलिया, ठग, व्यापारी, अपराधीहरुको हाबी हुँदा कुशासन निम्तिएको श्रेष्ठको भनाइ छ ।

    पुष्पकमल दाहाल नेतृत्वको सरकारले भ्रष्टाचारका विषयमा चालेको कदम सरकार जोगाउन मात्रै रहेको पुष्टि भएको भन्दै श्रेष्ठले ललिता निवास प्रकरणका मुख्य नाइके नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई समात्न आनाकानी गरेको बताउनुभयो । श्रेष्ठले नेपालका विरुद्धमा दुईवटा मुद्धाहरु दायर भएको उहाँको दाबी छ ।

    भ्रष्टाचारको मुख्य केन्द्र राजनीतिलाई बनाइँदा यहाँका कार्यपालिका, व्यवस्थापिका, न्यायपालिकामा एकै महत्वकांक्षा र विचार भएका समूहको जमघट भएको आरोप लाग्न थालेको छ । यो जालोलाई अन्त्य गर्न नसके भ्रष्टाचार नियन्त्रण गर्न फलामका चिउरा चपाएझैँ हुने पक्का देखिन्छ ।

     


    बिहिवार, श्रावण ११ २०८००८:०४:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij