Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस

  • बुधवार, श्रावण १० २०८०

  • 1.5K
    SHARES

  • भारतीय प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस
    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध त्यहाँको तल्लो सदन (लोकसभा) मा अविश्वास प्रस्ताव पेस गरिएको छ । विपक्षी गठबन्धनका सांसदहरूले बुधबार(आज) अविश्वास प्रस्ताव पेस गरेका हुन् ।
     
    सभामुख ओम बिडलाले अविश्वास प्रस्ताव स्वीकार गर्दै दलहरूसँग छलफलका आधारमा अविश्वास प्रस्तावमाथि कारबाही प्रक्रिया अघि बढाउने बताएका छन् ।
     
    यद्यपि, विपक्षी सांसदहरूले प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थिति माग गरेका थिए । विपक्षीहरूले बैठकमा हो–हल्ला गरेपछि संसद्को कारबाही दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ ।
     
    संसदीय कार्य राज्यमन्त्री अर्जुन राम मेघवालले विपक्षीहरूले पेस गरेको अविश्वास प्रस्तावको कुनै अर्थ नरहेको प्रतिक्रिया दिएका छन् । उनले भने, ‘पहिला उहाँहरू मणिपुर मामिलामा छलफल चाहनुहुन्थ्यो, हामी त्यसमा तयार भयौँ, पछि उहाँहरूले नियमको मुद्दा उठाउनु भयो । अहिले फेरि नयाँ मुद्दाका रुपमा प्रधानमन्त्रीको जवाफ मागिरहनुभएको छ ।’
     
    प्रधानमन्त्री मोदीविरुद्ध अविश्वास प्रस्ताव पेस गरे पनि विपक्षी गठबन्धनले प्रस्ताव पास हुने विश्वास गरेको छैन । किनकि भारतको संसद्मा सत्तारुढ गठबन्धन प्रस्ट बहुमतमा छ । तर अविश्वास प्रस्ताव पेस भइसकेपछि संसद्मा प्रधानमन्त्रीले अनिवार्य रुपमा सम्बोधन गर्नुपर्ने भएकाले पनि विपक्षी गठबन्धनले प्रधानमन्त्रीलाई संसद्मा बोल्न बाध्य पार्न यो प्रस्ताव ल्याएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।


    बुधवार, श्रावण १० २०८००२:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij