Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

इम्बोस्ड नम्बर जडान नगरे नविकरण नगर्ने तयारी

इम्बोस्ड नम्बर जडान नगरे नविकरण नगर्ने तयारी

  • मंगलवार, श्रावण ९ २०८०

  • 557
    SHARES

  • इम्बोस्ड नम्बर जडान नगरे नविकरण नगर्ने तयारी

    काठमाडौं । यातायात क्षेत्र सुधारका लागि सङ्घीय सरकार र सात प्रदेशका मन्त्री र सचिवको बैठकले ११ बुँदे सामूहिक घोषणापत्र जारी गर्दै इम्बोस्ड नम्बर जडानलाई पनि प्राथमिकता दिने निर्णय गरेको छ ।

    सरकारी सवारी साधनमा पहिले इम्बोस्ड नम्बर अनिवार्य गर्ने र त्यसपछि निजी र सार्वजनिक सवारी साधनमा पनि लागू गर्ने गरी तयारी थालिएको छ । इम्बोस्ड नम्बर जडान नभए उसको नवीकरण रोक्नेसम्मको निर्णय भएको घोषणापत्रमा उल्लेख छ ।

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका प्रदेश सरकारले यातायात क्षेत्र सुधारका लागि धुलिखेल घोषणापत्र जारी गरेका हुन् ।

    यातायात क्षेत्र सुधार र कार्यान्वयन योजना बनाउन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला,सातै प्रदेशका यातायातमन्त्री, सचिव र दुई प्रदेशका मुख्यमन्त्रीसहित काभ्रेको धुलिखेलमा बैठक भएको थियो ।

     


    मंगलवार, श्रावण ९ २०८००२:२०:२०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij