Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चा बनाउँदै छौँ भनेर प्रचण्ड–माधवले जानकारी दिए : खड्का

समाजवादी मोर्चा बनाउँदै छौँ भनेर प्रचण्ड–माधवले जानकारी दिए : खड्का

  • सोमवार, श्रावण ८ २०८०

  • 496
    SHARES

  • समाजवादी मोर्चा बनाउँदै छौँ भनेर प्रचण्ड–माधवले जानकारी दिए : खड्का

    काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेससँग गठबन्धन गर्दा नै समाजवादी मोर्चा बनाउने जानकारी दिइएको बताउनुभएको छ ।

    केन्द्रीय कार्यसमितिको सोमबार बसेको बैठकमा उपसभापति खड्काले कांग्रेस सहितको गठबन्धन बन्दा नै प्रधानमन्त्री प्रचण्डले आफ्नो दल माओवादीले अरु दलसँग मिलेर मोर्चा बनाउने जानकारी दिएको बताउनुभयो ।

    त्यो छलफलमा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव रहेको भन्दै उहाँले भन्नुभयो, ‘त्यही दिन नै समाजवादी मोर्चा बनाउने सहमति भएको छ भनेर जानकारी गराउनुभएको हो ।’


    सोमवार, श्रावण ८ २०८००७:०७:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij