Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सीडीओसहित २६ सह–सचिवको सरुवा, कसको कहाँ? (सूचीसहित) 

सीडीओसहित २६ सह–सचिवको सरुवा, कसको कहाँ? (सूचीसहित) 

  • आइतवार, श्रावण ७ २०८०

  • 1.5K
    SHARES

  • सीडीओसहित २६ सह–सचिवको सरुवा, कसको कहाँ? (सूचीसहित) 
    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २६ जना सहसचिवको सरुवा गरेको छ । मन्त्रालयले एक प्रमुख जिल्ला अधिकारी र दुई महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतसहित आइतबार(आज) २६ जना सहसचिवको सरुवा निकालेको हो ।
     
    राष्ट्रिय किताबखाना निजामतीका महानिर्देशक टोकराज पाण्डेलाई अर्थ मन्त्रालयमा, संघीय मामिला मन्त्रालयका प्रदीपराज अधिकारीलाई सञ्चार मन्त्रालयमा सरुवा गरिएको छ ।
     
    यस्तै जिल्ला प्रशासन कार्यालय जाजरकोटका सीडीओ रामकुमार महतोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानिएको छ । 
     
    संघीय मामिला मन्त्रालयकै ध्रुवराज पण्डितलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।
     
    त्यसैगरी बागमती प्रदेशका प्रदेश सचिव अस्मान तामाङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।
     
    मोरङको जिल्ला प्रशासन कार्यालयका सहसचिव तीर्थराज भट्टराईलाई बागमती प्रदेशको श्रम तथा रोजगार मन्त्रालयमा सरुवा गरिएको छ ।
    sahasachiv-saruwa-2.jpg
    sahasachiv-saruwa-1.jpg


    आइतवार, श्रावण ७ २०८००४:१९:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij