काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको विषय केन्द्रीय समिति बैठकमा उठेको छ ।
केन्द्रीय सदस्य नैनसिंह महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको सुनाउनुभयो ।
कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन,’ महरले भन्नुभयो ।
केन्द्रीय सदस्यहरुलाई समेत भेलामा डाकिएको भए सबैले अपनत्व लिने अवस्था आउने उहाँले बताउनुभयो। लोकतन्त्रमा परिणाम मात्रै नहेरेर प्रक्रिया पनि हेरिने उहाँको भनाइ थियो । प्रक्रियाबाट परिणाम प्राप्त भएन भने त्यसलाई कानुनत अवैधानिक भनिने महरले बताउनुयो । महामन्त्रीद्वय थापा र शर्माले २१ र २२ असारमा ७७ जिल्लाका सभापतिलाई काठमाडौं डाकेर संगठन निर्माणका विषयमा छलफल गरेका थिए ।
सरकार, संसद् र पार्टीबीचको समन्वय हुन नसकेको विषयलाई बैठकमा महरले उठाउनुभएको छ। सरकार, सदन र पार्टीबीचको समन्वयमा केही समस्या रहेको महरको धारणा थियो ।