Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

आमा लाई एउटा प्रश्न ‘आमा मेरो बाबा खोइ ?’ (भिडियोसहित)

आमा लाई एउटा प्रश्न ‘आमा मेरो बाबा खोइ ?’ (भिडियोसहित)

  • बुधवार, श्रावण ३ २०८०

  • 2.5K
    SHARES

  • आमा लाई एउटा प्रश्न ‘आमा मेरो बाबा खोइ ?’ (भिडियोसहित)

    काठमाडौं । लोक तथा दोहोरी गायक रामचन्द्र चन्दको ‘आमा’ बजारमा आएको छ ।

    गुल्मेली सर्जकहरु चन्द र हेमनाथ खरालको सकृयतामा भर्खरैमात्र गीत भिडियोसहित सार्वजनिक गरिएको हो । गीतमा शब्द तथा संगीत नै खरालको रहेको छ भने शब्दमा खराललाई महेश पुनमगले साथ दिएका छन् ।

    गुल्मीको वामीमा जन्मनुभएका खराल लामो समयदेखि दक्षिण कोरियामा कार्यरत हुनुहुन्छ। रितिरिवाज र धर्म संस्कृतीमा बिशेष ज्ञान भएका खराल पछिल्लो समय लोकसांगितिक क्षेत्रमा पनि सक्रिय देखिएकाछन् ।

    यस्तै गायक चन्दका पनि धेरै गीतहरु बजारमा आइरहेका छन् र दर्शकश्रोताले उक्त गीतलाई अत्यधिक रुचाएका पनि छन् । पछिल्लो समय गायक चन्दका लगातारजसो गीतहरु बजारमा आइरहेकाा छन् ।


    गीतमा गायक चन्दसँगै सरिता केसी र मनिकला मगरको स्वर रहेको छ । यस्तै निर्माण र निर्देशन गीतकार खरालले नै गर्नुभएको छ। गीतलाई गायक स्वयम् चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ ।

     


    बुधवार, श्रावण ३ २०८००९:३७:०६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij