Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, देउवाको आग्रहमा पहिलो पटक ‘लाइभ’

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, देउवाको आग्रहमा पहिलो पटक ‘लाइभ’

  • मंगलवार, श्रावण २ २०८०

  • 579
    SHARES

  • कांग्रेस केन्द्रीय समिति बैठक सुरु, देउवाको आग्रहमा पहिलो पटक ‘लाइभ’
    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी मुख्यालय सानेपामा बैठक सुरु भएको हो।
     
    पार्टीको केन्द्रीय समितिको बैठक यसअघि असार २७ गते बस्ने भनिएको भएपनि त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको निधनका कारण आजका लागि सर्न पुगेको थियो।
     
    पार्टीका एक नेताका अनुसार आजको बैठकमा छलफलका लागि १० एजेण्डा तय गरिएको छ। जसका लागि हिजो सोमबार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठक बोलाउनुभएको थियो।
     
    पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकमा सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बैठकका एजेण्डाका सन्दर्भमा प्रस्ताव राख्नुभएको थियो।
     
    समसामयिक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षासँग सम्बन्धित विषय छलफलको एजेन्डा तय भएका छन्।
     
    कांग्रेस केन्द्रीय समिति बैठक सभापति देउवाको आग्रहमा आज पहिलो पटक लाइभ प्रसारण भएको हो। बैठक कम्तीमा १ हप्तासम्म चल्ने जनाइएको छ।
     


    मंगलवार, श्रावण २ २०८००२:३४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij