Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

  • सोमवार, श्रावण १ २०८०

  • 608
    SHARES

  • नयाँ आर्थिक वर्षको पहिलो दिन सेयर बजारमा हरियाली

    काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ ।

    ४७.०७ अंकले बढेको बजार २१४४.१६ विन्दुमा उक्लियो । यो २.२४ प्रतिशतको वृद्धि हो । म्युचुअल फण्डबाहेक आज सबै उपसूचकहरु हरियो देखिए ।

    सबैभन्दा धेरै (४.१४ प्रतिशत) विकास बैंकका लगानीकर्ताले कमाए । वित्त, होटल एण्ड टुरिजम र बैंकिङ सव इण्डेक्समा समेत लगानीकर्ताको आकर्षण देखियो । सोमबार २५७ धितोपत्रको ५० हजार २९९ वटा कारोबारबाट ७६ लाख ३४ हजार १९० कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम भने २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँ बराबरको भएको छ ।

    बीपीडब्यू लघुवित्त वित्तीय संस्था, युनाइटेड अजोड इन्स्योरेन्स र अभियान लघुवित्तको कारोबार आज सकारात्मक सर्किट लेवलमा भएको छ । कुमारी धनवृद्धि योजना, सानिमा ग्रोथ, सानिमा लार्ज क्याप फण्डसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

    आज शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, साइन रेसुंगा विकास बैंक, सोल्टी होटलसहितका धितोपत्रको धेरै कारोबार भएको छ ।


    सोमवार, श्रावण १ २०८००३:३४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij