Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

बाँदर धपाउने यन्त्र एयर गन पाएपछि किसानमा खुसियाली

बाँदर धपाउने यन्त्र एयर गन पाएपछि किसानमा खुसियाली

  • आइतवार, आषाढ २१ २०७७

  • 1.7K
    SHARES

  • बाँदर धपाउने यन्त्र एयर गन पाएपछि किसानमा खुसियाली

    स्याङ्जा । स्याङ्जाको बाँदर आतङ्कका कारण चर्चा पाएको स्याङ्जामा अहिले भने बाँदर धपाउने यन्त्र एयर गनले राहत मिलेको छ । त्यहाँका हरेक पालिकामा बाँदर आतङ्कले सास्ती भोगेका स्थानीयले भिरकोट १ का भवी कोइरालाले निर्माण गरेको एयर गन पाएपछि राहत महसुस गरेका हुन् ।

    हार्डवेयरका व्यापारी कोइरालाले युट्युबमा भिडियो देखेपछि सोही भिडियो हेरी बाँदर धपाउने एयर गन बनाउनुभएको हो । पीभीसी पाइपको प्रयोग गरी बनाइएको एयर गन ‘कारबाईड’ लाई पानीले घोली पछाडिबाट लाइटरको सहायताले आगो लगाएपछि ठूलो आवाजमा पड्किने र बाँदर भाग्ने गर्दछ ।

    कोइरालाले निर्माणको बाँदर धपाउने यन्त्र (एयर गन) कुनै पालिकाले परिमार्जन गरेर प्रयोग गरेका छन् भने धेरै पालिकाले सीधै किनेर प्रयोग गरेका छन् । सामग्री र लाइटरसहित दुई हजार रुपियाँ खर्चमा निर्माण हुने गरेकोमा कोइरालाले हालसम्म पाँच सय यन्त्र पालिकामा वितरण गर्नुभएको छ ।

    त्यहाँका १० वटै पालिकाले कोइरालाबाट एयर गन किनेर प्रयोगमा ल्याएर मकै लगायत खाद्यान्न जोगाएका छन् भने वालिङ नगरपालिकाले एक इन्जिनियरमार्फत प्रयोगमा ल्याएको छ ।

    बाँदर धपाउनका लागि किसानहरूले खेतबारीमै कुरेर बस्नपर्ने बाध्यताले पछिल्लो समय बालीनाली लगाउने कार्य हराउँदै गएको बेला यन्त्रको प्रयोगले समस्या समाधान भएर जाने निर्माण कर्ता कोइरालाले बताउनुभयो ।

    गाउँ गाउँमा मकै, तरकारी तथा फलफूलहरू खाइदिने, टिपेर फालिदिने जस्ता आतङ्क बाँदरले मच्चाउने गरेकोमा आफू लगायत किसानहरूको समस्यालाई मध्यनजर गरी समाधानको उपाय निकालेको कोइरालाले बतउनुभयो ।

    किसानले उत्पादन गरेको बालीनालीमा बाँदरले हानी नोक्सानी पुर्याएसँगै आतङ्कित बनेका किसानलाई यन्त्रको सहायताले सहयोग पुगेको आधिखोलाका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो ।

    मौसमी तथा बेमौसमी तरकारी बालीसहित अन्य खाद्यान्नहरू लगाउँदा बाँदरको कारण सास्ती भोगेको बताउँदै वालिङ ८ भीमटारीका किसान सूर्य रेग्मीले यन्त्र चलाउन पनि सजिलो र आवाजमात्रै निस्कने भएकाले प्रभावकारी देखिएको बताउनुभयो ।


    आइतवार, आषाढ २१ २०७७०३:०८:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij