Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरु लाभका काम तथा निर्णयमा केन्द्रीत, कर्मचारीले भने टेर्न छाडे

मन्त्रीहरु लाभका काम तथा निर्णयमा केन्द्रीत, कर्मचारीले भने टेर्न छाडे

  • बिहिवार, आश्विन १५ २०७७

  • 1.2K
    SHARES

  • मन्त्रीहरु लाभका काम तथा निर्णयमा केन्द्रीत, कर्मचारीले भने टेर्न छाडे

    काठमाडौं । मन्त्रीपरिषद् पुनर्गठन गर्ने चर्चासँगै मन्त्रालयहरुको काममा प्रत्यक्ष असर पर्न थालेको छ । अधिकांश मन्त्री परिवर्तन हुने संभावना देखिएपछि मन्त्रीहरुले व्यक्तिगत लाभ र स्वार्थ केन्द्रीत कामहरुलाई प्राथमिकतामा पारेको पाइएको छ ।

    उनीहरुले भित्र भित्र हतार हतार गरिरहेका कामहरु गोप्य तरिकाले गरिरहेकाले अहिले बाहिर सार्वजनिक नभएपनि धेरै काम भएको मन्त्रालयका कर्मचारीहरुले बताएका छन् ।

    विषेशगरेर मन्त्री र उनको सहयोगी तथा सचिवालयका व्यक्तिहरुको सक्रियता र छटपटी अत्यधिक धेरै देखिएको कर्मचारीहरुको भनाई छ ।
    मन्त्री तथा उनका सहयोगीहरु सक्रिय भएपनि कर्मचारीहरु भने पहिलाभन्दा निक्रिय भएका छन् ।

    कर्मचारीहरुले मन्त्री फेरिने भएपछि आलटाल गर्ने, असहयोग गर्ने र पहिलाजस्तो नजिक हुन छाडेको एक मन्त्रीका सहयोगीले जानकारी दिए ।
    उनका अनुसार अहिले कर्मचारीहरुले मन्त्रीहरुलाई अनेक बहना बनाएर टाढीने गरेका छन् ।

    तर कर्मचारीहरुले भने जाने बेलामा मन्त्रीहरुले गलत फाइलमा हस्ताक्षर गराउने संभावना रहेकाले टाढीनु परेको बताउने गरेका छन् ।
    कतिपयले भने यही बेलामा कार्यान्वयन गर्नु नपर्ने वा नसकिने लोकप्रिय कार्यक्रमहरु घोषणा गर्ने प्रयास पनि गरेको कर्मचारीहरुले बताएका छन् ।
    प्रधानमन्त्री केपी शर्मा ओलीले अधिकांश मन्त्रीहरु परिवर्तन हुने संकेत मन्त्रीपरिषद्को बैठकमै गरेको दिनदेखि मन्त्री र सहयोगीहरुको सक्रियता बढेको हो ।

    मन्त्रीपरिषद् पुनर्गठनका लागि सत्तारुढ दल नेकपाले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मेबारी दिएको छ । उहाँहरुले केहीदिन देखि मन्त्रीमपरिषद् पुनर्गठनकै विषयमा छलफल गरिरहेपनि निश्कर्षमा नपुगेको अझै केही दिन भने लाग्ने देखिएको छ ।

     

     

     


    बिहिवार, आश्विन १५ २०७७०८:४१:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij