Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

  • सोमवार, श्रावण १ २०८०

  • 578
    SHARES

  • मिटरब्याज सम्बन्धी विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित

    काठमाडौं । प्रतिनिधि सभाबाट मिटरब्याज सम्बन्धी विधेयक सर्वसम्मतिले पारित भएको छ। आइतबारको प्रतिनिधि सभा बैठकले अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी (मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक) संशोधनसहित पारित गरेको हो।

    संसदबाट सर्वसम्मत विधेयक पास गर्ने क्रममा सरकारले कारोबार भएको वास्तविक रकम र कानुन बमोजिम ब्याज दिलाउने संशोधन स्वीकार गरेको छ ।

    राष्ट्रियसभाबाट पारित भइसकेको यो विधेयक अब पुनः राष्ट्रिय सभामा जानेछ । प्रतिनिधिसभाले गरेको संशोधन राष्ट्रिय सभाले स्वीकार गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउनेछ । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुन बन्ने छ । 

    यो विधेयक पारित भएपछि लामो समयदेखि मिटरब्याजबाट आहत भएका पीडितहरूलाई राहत भएको छ। प्रतिनिधि सभाको अर्को बैठक मिति २०८० साउन १० गते बुधबार दिनको १ः०० बजे बस्नेछ।

    विधेयक पास भएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले खुसी व्यक्त गर्नुभएको छ। ‘यो ऐन निर्माणले मिटरब्याज पीडितलाई न्याय दिलाउने अभियानलाई सफल पार्न बलियो आधार प्रदान गर्नेछ। यद्यपि,  यस सन्दर्भमा अझै सचेततापूर्वक मिहिनेत गर्नु जरुरी छ,’ फेसबुकमार्फत श्रेष्ठले भन्नुभएको छ ।


    सोमवार, श्रावण १ २०८००६:०६:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij