Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, आवेदन दिएका सबैले पाए न्यूनतम १० कित्ता

घोराही सिमेन्टको आइपीओ बाँडफाँट, आवेदन दिएका सबैले पाए न्यूनतम १० कित्ता

  • आइतवार, आषाढ ३१ २०८०

  • 627
    SHARES

  • घोराही सिमेन्टको आइपीओ बाँडफाँट, आवेदन दिएका सबैले पाए न्यूनतम १० कित्ता
    काठमाडौं । घोराही सिमेन्टको आईपीओ आइतबार बाँडफाँट भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार आईपीओ नक्सालस्थित आफ्नै कार्यालयमा आईपीओ बाँडफाँट भएको हो।
     
    कम्पनीले जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ जारी गरेको थियो। फर्जी आवेदनका कारण असार ४ गतेदेखि रोकिएको आवेदन असार २२ गतेदेखि पुनः खुला भएको थियो।
     
    असार २५ गते बिक्री बन्द हुँदासम्म घोराहीको आईपीओमा ६ लाख ७३ हजार ८३९ जना आवेदकको आवेदन परेको सीडीएस एन्ड क्लियरिङले जनाएको छ।
     
    यस आधारमा आईपीओमा आवेदन दिएका सबै आवेदकले न्यूनतम १० कित्ता र केहीले सोभन्दा बढी नै सेयर पाएका छन्।


    आइतवार, आषाढ ३१ २०८००४:४१:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij