Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपतिद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

  • आइतवार, आषाढ ३१ २०८०

  • 487
    SHARES

  • राष्ट्रपतिद्वारा बजेटसम्बन्धी विधेयक प्रमाणीकरण
    काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट राष्ट्रपतिबाट प्रमाणीकरण भएको छ । राष्ट्रपति कार्यालयले आइतबार(आज) एक विज्ञप्ति जारी गरी बजेटसँग सम्बन्धित तीन वटै विधेयक प्रमाणीकरण भएको जानकारी दिएको छ ।
     
    विनियोजन विधेयक, आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिनुभयो ।
     
    अर्थमन्त्री डा. प्रकाशशरण महतले गत १५ जेठमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट ल्याउनुभएको थियो । उक्त विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभामा छलफल भई पारित भएपछि राष्ट्रपतिसमक्ष पठाइएको थियो ।
     
    राष्ट्रपतिले विधेयक प्रमाणीकरण गरेपछि अब बजेट कार्यान्वयनका लागि बाटो खुलेको छ । आगामी आर्थिक वर्षको बजेट १ साउन अर्थात् सोमबारदेखि कार्यान्वयन हुनेछ ।


    आइतवार, आषाढ ३१ २०८००२:४६:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij