Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्तिमा ढिलाइ, उच्चमा ६० र सर्वोच्चमा ७  पद खाली

न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्तिमा ढिलाइ, उच्चमा ६० र सर्वोच्चमा ७  पद खाली

  • आइतवार, आषाढ ३१ २०८०

  • 483
    SHARES

  • न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्तिमा ढिलाइ, उच्चमा ६० र सर्वोच्चमा ७  पद खाली
    काठमाडौं । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले समयमै न्यायाधीश नियुक्त गर्न छिट्टै न्याय परिषद्को बैठक बोलाउने तयारी गरिरहेको बताउनुभएको छ। संवैधानिक तथा न्यायिक पत्रकार मञ्चका पदाधिकारीसितको भेटघाटमा उहाँले समयमा न्याय परिषद्को बैठक बस्न नसक्दा न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ भएको बताउनुभयो। 
     
    प्रधानन्यायाधीश कार्कीले न्यायाधीश नियुक्ति प्रक्रियामा ढिलाइ हुँदा मुद्दा फर्छ्योटमा कठिनाइ भएकाले जति सक्दो छिटो परिषद्को बैठक राख्ने तयारी गरिरहेको बताउनुभयो। 
     
    सर्वोच्च अदालतमा सात तथा उच्च अदालतमा ६० न्यायाधीशको पद खाली हुन लागेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “संवैधानिक व्यवस्थाअनुसार एक महिना अगाडि नै सिफारिस हुनुपर्ने हो, तर न्याय परिषद्को बैठक बस्न नसक्दा ढिलाइ भएको छ ।”
       
    समयमा न्यायाधीश नियुक्त भएमात्र मुद्दाको फर्छ्योटमा तीव्रता हुने उल्लेख गर्दै प्रधानन्यायाधीश कार्कीले भन्नुभयो, “सर्वोच्च अदालतमा प्रधानन्यायाधीशसहित २१ न्यायाधीश रहने व्यवस्था छ, त्योअनुरूप हुन नसक्दा पाँच न्यायाधीशले मात्र काम गर्नुपरेको अवस्थामा मुद्दाको चाप बढेको हो ।” उहाँले सर्वोच्च अदालतमा मुद्दा फर्छ्यौट प्रक्रिया तीव्र रूपमा अघि बढाएको र अहिलेको तरिकाले काम गरेमा दुई वर्षमा पुराना मुद्दा फर्छ्यौट गर्न सकिने बताउनुभयो ।
              
    आर्थिक वर्ष २०६७र६८ सम्मका मुद्दाको छिनोफानो भएको जानकारी दिँदै प्रधानन्यायाधीश कार्कीले एक वर्षको अवधिमा तीन हजार पाँच सयभन्दा बढी पाँच वर्ष नाघेका मुद्दा फर्छ्योट भइसकेको बताउनुभयो। 
     
    पुराना मुद्दालाई हप्ताको चार दिन चार इजलासमा प्राथमिकता दिएर हेरिरहेको उहाँले उल्लेख गर्नुभयो। प्रधानन्यायाधीश कार्कीले उच्च र जिल्ला अदालतमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्ने योजनाका साथ काम गरिरहेको र आफूले अनुगमनका क्रममा पनि मुद्दा फर्छ्योट प्रभावकारी तरिकाले भएको पाएको जिकिर गर्नुभयो ।
     


    आइतवार, आषाढ ३१ २०८००२:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij