Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

अमेरिकी सहायक विदेशमन्त्री लु र  कांग्रेस सभापति देउवाबीच भेटवार्ता

अमेरिकी सहायक विदेशमन्त्री लु र  कांग्रेस सभापति देउवाबीच भेटवार्ता

  • शुक्रवार, आषाढ २९ २०८०

  • 451
    SHARES

  • अमेरिकी सहायक विदेशमन्त्री  लु र  कांग्रेस सभापति देउवाबीच भेटवार्ता
    काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग  गर्नुभएको छ । नेपाल भ्रमणमा आएका विदेशमन्त्री लु सभापति देउवालाई भेट्न शुक्रबार(आज) दिउँसो धुम्बाराहीस्थित देउवाको निवासमा पुग्नुभएको हो ।
     
    सभापति देउवाले सहायक विदेशमन्त्री लुसँग भेटघाट फलदायी भएको ट्वीटरमार्फत जानकारी दिनुभएको छ । नेपाल–अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा आफूहरूबीच रचनात्मक छलफल भएको देउवाको भनाइ छ।
     
    नेपालमा शान्ति, लोकतन्त्र र विकास प्रवर्द्धनमा अमेरिकी सरकार र सहायक विदेशमन्त्री लुले गर्दै आएको अटल सहयोगका लागि देउवाले धन्यवाद व्यक्त गर्नुभयो ।  एकदिने नेपाल भ्रमणको क्रममा लुले प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि रहेको छ ।


    शुक्रवार, आषाढ २९ २०८००४:५३:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij