काठमाडौं । कोसोभोको संसद्मा सांसदहरूबीच हात हालाहाल भएको छ । संसद्मा सत्तारूढ र विपक्षी दलका सांसदबीच विवाद हुँदा हात हालाहालको अवस्था आएको हो ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार उनीहरूबीच सत्तारूढ दलका एक सदस्यको अडियो रेकर्डिङलाई लिएर तीन दिनसम्म चलेको चर्को बहसपछि हात हालाहालको स्थिति आएको हो ।
विपक्षी दलका सांसदले प्रधानमन्त्रीमाथि पानीको बोतल प्रहार गरेपछि सांसदहरूबीच कुटाकुटको स्थिति आएको समाचारमा उल्लेख छ । दुई पक्षबीच संसद्भित्रै झडप भएपछि प्रहरी (मर्यादा पालक)ले छुट्याएका थिए ।
यस्तो छ बीबीसीले राखेको भिडियो