Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

सुचारु होला त संसद, एमालेको माग के हो ?

सुचारु होला त संसद, एमालेको माग के हो ?

  • सोमवार, आषाढ २५ २०८०

  • 547
    SHARES

  • सुचारु होला त संसद, एमालेको माग के हो ?

    काठमाडौं । संसदको अवरोध हटाउने विषयमा सहमति जुटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलमा बस्दैछन् ।

    सिंहदबारमा अब केहीबेरमा छलफल सुरू हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अभिव्यक्तिलाई लिएर नेकपा एमालेले निरन्तर सदन अवरोध गर्दै आइरहेको छ ।

    आइतबार पनि प्रधानमन्त्री प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीसँग छलफल गर्नुभएको थियो तर, आइतबारको समझदारी केही घण्टामै भाँडिएको थियो ।

    प्रधानमन्त्रीको राजीनामालाई बटमलाइन बनाएको एमालेले प्रचण्डले सदनमा आत्मालोचना गरे अघि बढ्न दिने भएको थियो । तर, ओलीले एमालेलाई लाञ्छना लगाइएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यको असार २१ गतेको वक्तव्य र उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान राख्नुभएको छ ।

     


    सोमवार, आषाढ २५ २०८००१:४०:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij