Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

घोराही सिमेन्टको आईपीओ भर्नेजति सबैले पाउने 

घोराही सिमेन्टको आईपीओ भर्नेजति सबैले पाउने 

  • सोमवार, आषाढ २५ २०८०

  • 1.2K
    SHARES

  • घोराही सिमेन्टको आईपीओ भर्नेजति सबैले पाउने 
    काठमाडौं । घोराही सिमेन्टको प्राथमिक सेयर (आईपीओ) विधिसम्मत भर्ने सबैले पाउने भएका छन् । सीडीएस एण्ड क्लियरिङका अनुसार यस कम्पनीमा कुल ६ लाख ३१ हजार ३२८ जनाले आवेदन दिएका छन् । कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ताका लागि आवेदन खोलेको थियो । 
     
    धितोपत्र बाँडफाँट निर्देशिकामा पुगेसम्म आईपीओ आवेदन स्वीकृत हुने सबैलाई १० कित्ताका दरले बाँडफाँट गर्नुपर्ने व्यवस्था छ । जुन व्यवस्थाअनुसार यस कम्पनीको आईपीओ भरेका सबै आवेदन स्वीकृत भएमा पनि सबैलाई १० कित्ताका दरले बाँड्न पुग्छ ।
     
    १० कित्ताका दरले बाँडेपछि पनि करिब ६ लाख कित्ता बाँकी रहन्छ । सो ६ लाख कित्ताबाट करिब ६० हजार आवेदकले थप १० कित्ता अर्थात् कुल २० कित्ताका दरले सेयर पाउने छन् । तर दोहोर्‍याएर भर्ने, पर्याप्त मौज्दात नभई आवेदन दिने जस्ता विधि नपुर्‍याएकाको आवेदन भने अस्वीकृत हुनेछ ।
     
    अस्वीकृत आवेदनको संख्या बढेमा २० कित्ता पाउनेको संख्या अझ बढ्नेछ । ६ लाख ३१ हजार आवेदकले कुल २ करोड ४७ लाख कित्ताका लागि आवेदन माग गरेका छन् । कम्पनीले प्रतिकित्ता ४३५ रुपैयाँका दरले प्राथमिक सेयर निष्कासन गरेको थियो ।
     


    सोमवार, आषाढ २५ २०८००७:४४:०७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij