Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारतको पश्चिम बंगालमा मतपेटिका लुटपाट भएपछि आज पुनः मतदान हुँदै

भारतको पश्चिम बंगालमा मतपेटिका लुटपाट भएपछि आज पुनः मतदान हुँदै

  • सोमवार, आषाढ २५ २०८०

  • 503
    SHARES

  • भारतको पश्चिम बंगालमा मतपेटिका लुटपाट भएपछि आज पुनः मतदान हुँदै
    काठमाडौं । भारतको पश्चिम बंगालमा पञ्चायत चुनावमा हिंसा हुँदा प्रभावित भएका केही स्थानमा आज सोमबार पुनः मतदान हुँदै छ ।
     
    चुनाव आयोगले मतपेटिका लुटपाट भएका र मतदान केन्द्रमा हिंसा भड्किएका केही स्थानमा पुनः मतदानको निर्णय गरेको छ ।
     
    गत शनिवार ७४ हजार पञ्चायतका लागि चुनाव भएको थियो । भारतीय सञ्चारमाध्यमका अनुसार सोमवार १९ जिल्लाका मतदान केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म पुनः मतदान हुनेछ ।
     
    असुरक्षालाई मध्यनजर गर्दै सरकारले प्रदेश प्रहरीसँगै ४ केन्द्रीय सुरक्षा बलका जवानलाई तैनाथ गरेको छ । निर्वाचन केन्द्रीय सुरक्षा निगरानीमा हुनेछ ।
     
    शनिवारको निर्वाचनमा हिंसा भड्किएपछि भारतीय जनता पार्टी (भाजपा) ले पुनः मतदानको माग गरेको थियो । निर्वाचनका क्रममा ३७ जनाको मृत्यु भएको जनाइएको छ ।


    सोमवार, आषाढ २५ २०८००७:०३:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij