Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

भारी वर्षाले भारतमा जनजीवन प्रभावित

भारी वर्षाले भारतमा जनजीवन प्रभावित

  • सोमवार, आषाढ २५ २०८०

  • 1.0K
    SHARES

  • भारी वर्षाले भारतमा जनजीवन प्रभावित
    काठमाडौं । भारतमा भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त भएको छ । दुई दिनदेखिको वर्षाले दिल्ली, उत्तर प्रदेश लगायतका राज्यको जनजीवन प्रभावित भएको छ ।
     
    गाजियावाद, बागपत, मेरठ, शामली, मुजफ्फरनगर लगायतका जिल्लामा १० जुलाई (आज)देखि १५ जुलाई (३० गते)सम्म सबै विद्यालय बन्द गरिएको छ । नोयडामा पनि आज सबै स्कुल बन्द छन् । बन्द अवधिभर अनलाइनमार्फत पढाइ हुने सूचना स्कुलहरूले जारी गरेका छन् ।
     
    पहाडदेखि मैदानी इलाकासम्म वर्षाले जनजीवन कष्टप्रद भएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । कतिपय स्थानमा सडक र पुल बगेका छन् । खेतीयोग्य जमिन र घरहरू जलमग्न भएका छन् । कार र दुई पाङ्ग्रे सवारी साधनहरू पानीमा डुबेको देखिन्छ । मानिसहरू घरबाट बाहिर निस्किन सकेका छैनन् ।
     
    राजधानी नयाँ दिल्लीमा पछिल्लो १२ घण्टामा १२६ मिलिमिटरसम्म वर्षा भएको रेकर्ड रहेको सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् । यद्यपि मौसम विभागले भने दिल्लीमा २४ घण्टामा १५० मिलिमिटर वर्षा भएको जनाएको छ ।
     
    उत्तर प्रदेशका अधिकांश जिल्लामा भारी वर्षाले चेतावनीको तह पार गरेको छ । आज सोमबार पनि भारी वर्षाको पूर्वानुमान छ । यमुना नदीको बाढी खतराको तहसम्म पुगेपछि नदी आसपासका बासिन्दालाई सतर्क रहन सूचना जारी गरिएको छ ।
     
    अत्यधिक बाढीका कारण हरियाणाको हथिनी कुण्ड ब्यारेजका ढोका खोलेर प्रतिसेकेण्ड एक लाख क्युसेक पानी छाडिएको छ । यससँगै तटीय क्षेत्रका बासिन्दालाई बाढीको चेतावनी जारी गरिएको छ ।


    सोमवार, आषाढ २५ २०८००६:५८:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij