Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

राष्ट्रियसभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूचीसहित

राष्ट्रियसभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूचीसहित

  • सोमवार, आषाढ २५ २०८०

  • 416
    SHARES

  • राष्ट्रियसभा बैठक आज पनि बस्दै, यस्तो छ सम्भावित कार्यसूचीसहित
    काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्दा पटक–पटक अवरुद्ध हुँदै आएको संघीय संसद् अन्तर्गत राष्ट्रियसभाको बैठक सोमबार(आज)का लागि बोलाइएको छ । 
     
    बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन विधेयकका विभिन्न शीर्षकहरूमाथि छलफल गर्ने कार्यसूची रहेको छ । 
     
    एमालेले अवरोध गर्दा हिजोको बैठक पनि चल्न सकेको थिएन । हिजो बैठकको सुरुआतमै एमाले सांसद भगवती न्यौपानेले प्रधानमन्त्री प्रचण्ड संसद्लाई ‘फेस’ गरेर जवाफ दिन लायक व्यक्ति नभएको बताउनुभएको थियो ।  प्रधानमन्त्री प्रचण्डको कुर्सीमा बस्न योग्य व्यक्ति नभएको उहाँको जिकिर थियो । 
     
    राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सञ्चालन हुने वातावरण बनाउन आग्रह गर्नुभएको छ । 
     
    Rastriya sabha 3-25.PNG


    सोमवार, आषाढ २५ २०८००६:५०:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij