Aug 08 2026 | २०८३, श्रावण २३ गते

२०८३, श्रावण २३ गते
  • यो साता चर्चामा :
images

समाजवादको यात्रामा जाने दलहरूको अभिव्यक्ति ‘आकाशको फल आँखा तरी मर’ (खास खबर)

समाजवादको यात्रामा जाने दलहरूको अभिव्यक्ति ‘आकाशको फल आँखा तरी मर’ (खास खबर)

  • आइतवार, आषाढ २४ २०८०

  • 497
    SHARES

  • समाजवादको यात्रामा जाने दलहरूको अभिव्यक्ति ‘आकाशको फल आँखा तरी मर’ (खास खबर)
    काठमाडौं । मुलुकलाई समाजवादको दिशामा लैजानका निम्ति हरेक दलहरूले आआफ्नो अवधारणा सार्वजनिक गरिरहेका हुन्छन् । २०७२ सालमा जारी संविधानको प्रस्तावनामै समाजवादको यात्रा तय गर्ने विषयलाई प्राथमिकताका साथ समेटिएको छ । 
    समाजवादको विषयमा पनि विभिन्न दलका आआफ्नै व्याख्या रहेको पाइन्छ । कसैले लोकतान्त्रिक समाजवाद भनेका छन्, कतिपयले वैज्ञानिक समाजवादलाई जोड दिएका छन् भने कतिपयले नेपाल सुहाउँदो समाजवाद आवश्यक रहेको बताउँदै आएका छन् । समाजवादको अवधारणालाई भजाएर विभिन्न मञ्च तताउने राजनीतिक दलहरूको नियति र प्रवृत्तिलाई हेर्दा मुलुकमा समाजवाद आउने कुनै संकेत देखिँदैन । 
     
    जनताको राजनीतिक चेतनास्तर बढेसँगै समाजमा विकृति पैदा भएको छ । राजनीतिक आवरणमा दाईभाई टुटेका छन् भने जातीय, वर्गीय, धार्मिक रुपमा समाजवादलाई विखण्डन गर्न खोजिएको छ । यता, सत्ताधारी हुन् वा यो व्यवस्थाको विरोधी सबै दल समूहहरू समाजवादी यात्राको पक्षमा एकीकृत देखिन्छन् । नेकपाका महासचिव नेत्रविक्रम चन्दका अनुसार हालै गठन भएको समाजवादी मोर्चाको लक्ष्य नै नेपाली विशेषतासहितको समाजवाद ल्याउने हो । 
     
    साथै महासचिव विप्लवले राजनीतिक स्थिरता, यहाँ अवस्थित स्रोत साधनको उपयोग, मान्छेको व्यापारलाई निरुत्साहित गर्न समाजवाद आवश्यक रहेको बताउनुभयो । 
     
    समाजवादी मोर्चा गठन भइसकेपछि सत्तारुढ तीन दल र यो व्यवस्था विरोधी दलहरूको एकता सम्भव छ त ? भन्ने प्रश्न उब्जिने गरेको छ । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीको एकताका विषयमा उठेका प्रश्नहरूबारे जवाफ दिँदै अध्यक्ष माधवकुमार नेपालले त्यो सम्भव नभएको बताउनुभएको छ । आफूहरूले माओवाद स्विकार्नै नसक्ने उहाँको दाबी छ । 
    समाजवादी मोर्चाको गठनले जनतामा आशा जगाएको बताउँदै अध्यक्ष नेपालले आमजनताको भावनालाई यो मोर्चाले मात्रै समेट्न सक्ने दाबी गर्नुभयो । सम्पूर्ण कार्यकर्तामा यसको प्रभाव राम्रो परेको नेपालको भनाइ छ । 
     
    कुनैपनि मोर्चा बन्दा त्यसको औचित्य पुष्टि हुन जरुरी हुन्छ । अहिले गठन भएको समाजवादी मोर्चाको खासै गन्तव्य भेटिँदैन । यो मोर्चा सरकार टिकाउनका लागि मात्रै भएको टिप्पणी हुने गरेको छ । पूर्ववत् नेकपामा रहेका माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको नै सिद्धान्त दृष्टान्तमा मतभिन्नता भएका बेला मधेशको प्रतिनिधित्व गर्ने जसपा र २०७९ मा निर्वाचन बहिष्कार गरेको नेकपा सम्मिलित यो मोर्चाको परिणाम सकारात्मक आउने प्रशस्त शंका छ । 
     


    आइतवार, आषाढ २४ २०८००७:४२:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij