Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

न्यायाधीश नियुक्तको विषय छिट्टै टुङ्गो लाग्छ : प्रधानन्यायाधीश कार्की

न्यायाधीश नियुक्तको विषय छिट्टै टुङ्गो लाग्छ : प्रधानन्यायाधीश कार्की

  • आइतवार, आषाढ २४ २०८०

  • 506
    SHARES

  • न्यायाधीश नियुक्तको विषय छिट्टै टुङ्गो लाग्छ : प्रधानन्यायाधीश कार्की
    काठमाडौं ।  प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले न्यायाधीश नियुक्तिको विषय छिट्टै टुङ्गो लाग्ने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आइतबार(आज) सञ्चारकर्मीसँग प्रधानन्यायाधीश कार्कीले न्याय परिषद्को बैठक बसेर यसलाई छिटो टुङ्गोमा पुर्‍याउने बताउनुभयो ।
     
    उहाँले न्याय परिषद्को संरचनामा केही परिवर्तनको आवश्यकता भएको भन्दै आफ्नो नेतृत्वको समितिले दिएको प्रतिवेदन अनुसार कार्यान्वयन जरुरी रहेको बताउनुभयो । उहाँले सर्वोच्च अदालतमा गोला प्रथा प्रणाली लागू भएपछि सहज भएको बताउनुभयो । 
     
    ‘जिल्ला तथा उच्च अदालतमा दुई जोड शून्य अभियान सञ्चालनबाट दुई वर्ष नाघेका मुद्दा नगन्य अवस्थामा छन्’, उहाँले भन्नुभयो, ‘आगामी दिनमा मुद्दाको प्रकृतिअनुसार  छ महिना, एक वर्ष र १८ महिनाको पात्रो बनाएर काम गर्नुपर्छ ।’


    आइतवार, आषाढ २४ २०८००४:३७:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij