Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गाईगोरु बलात्कार गर्ने वृद्ध पक्राउ

गाईगोरु बलात्कार गर्ने वृद्ध पक्राउ

  • आइतवार, आषाढ २४ २०८०

  • 2.0K
    SHARES

  • गाईगोरु बलात्कार गर्ने वृद्ध पक्राउ

    काठमाडौं । भारतको उत्तर प्रदेशको कानपुरमा एक वृद्धमाथि गाई र कुकुरसहित थुप्रै जनावरसँग दुष्कर्मको आरोप लागेको छ ।

    घटना बर्रा इलाकाको हो । प्रहरीले आरोपी वृद्धलाई पक्राउ गरेको छ । प्रहरी उपायुक्त रवीन्द्र कुमारले पक्राउ गर्ने व्यक्तिको पहिचान बर्रा–८, गुजैनी निवासी विजेन्द्र मिश्राको रूपमा गरेका छन् ।

    उनका अनुसार घटनाको सिसिटिभी फुटेजको आधारमा आरोपीलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपी अभ्यस्त आरोपी भएको र उनीविरुद्ध पहिला पनि यस्तै आरोप लागिसकेको जानकारी दिए ।

    संयुक्त प्रहरी आयुक्त कानुन एवं व्यवस्था आनन्द प्रकाश तिवारीले भने, ‘प्रहरी अनुसन्धानको क्रममा हामीले थुप्रै सिसिटिभी फुटेज पाएका छौँ जसमा मिश्रालाई सार्वजनिक स्थानमा विभिन्न जनावरसँग यौन सम्बन्ध स्थापित गरिरहेको देख्न सकिन्छ ।’

    उनले थपे, ‘पहिलो नजरमा यस्तो देखिन्छ कि उनी मानसिक रूपमा बिरामी छन् र उनलाई स्वास्थ्य परीक्षण गराउने निर्णय लिइएको छ ।’


    आइतवार, आषाढ २४ २०८००२:१२:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij