Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

समाजवादी मोर्चाको पहिलो बैठक शुरु

समाजवादी मोर्चाको पहिलो बैठक शुरु

  • शनिवार, आषाढ २३ २०८०

  • 474
    SHARES

  • समाजवादी मोर्चाको पहिलो बैठक शुरु

    काठमाडौं । समाजवादी मोर्चाको पहिलो बैठक शनिबार एकीकृत नेकपा समाजवादीको पार्टी कार्यालय आलोकनगरमा बसेको छ ।

    नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सम्मिलित मोर्चाको पहिलो बैठक बसेको हो ।

    बैठकमा चार पार्टीका अध्यक्षसँगै अन्य शीर्ष नेताहरु सहभागी छन् । ४ असारमा चार पार्टीले मोर्चाको घोषणा गरेका थिए ।

    बैठकमा पछिल्लो राजनीतिक घटनाक्रममा मोर्चाको भूमिका, सरकारले जनजीविका लागि गर्नुपर्ने कामहरुको योजना र मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल हुने नेताहरुले बताएका छन् ।


    शनिवार, आषाढ २३ २०८००४:३६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij