Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

ओली प्रचण्ड वार्ताः पार्टी एकतालाई बचाउँदै सहमतिका आधार खोजिने

ओली प्रचण्ड वार्ताः पार्टी एकतालाई बचाउँदै सहमतिका आधार खोजिने

  • आइतवार, आषाढ २१ २०७७

  • 950
    SHARES

  • ओली प्रचण्ड वार्ताः पार्टी एकतालाई बचाउँदै सहमतिका आधार खोजिने

    काठमाडौँ । सत्तारुढ नेपाल कम्युष्टि पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टी एकतालाई बचाउँदै सहमतिका आधारहरु खोज्ने सहमति भएको छ । भोलि बिहान स्थायी कमिटीको बैठक बस्नुअघि दुई अध्यक्षवीच पुनः छलफल गर्ने सहमति भएको छ ।
    आज दिउँसो प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री एवं अध्यक्ष केपी ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच वार्ता भएको थियो । वार्तामा केपी ओलीका तर्फबाट उपप्रधानमन्त्री ईश्वर पोखरेल, पार्टी महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सहभागी थिए । प्रचण्डका तर्फबाट वर्षमान पुन र जनार्दश शर्मासमेत सहभागी थिए ।
    छलफलमा दुबै समूहका नेताहरु पार्टी एकतालाई बचाउन सहमति देखिएको र दुबैतर्फबाट दुरी एवं आशंका बढाउने क्रियाकलापहरु रोक्न सहमति भएको बताइएको छ ।
    यसका लागि भोलि बिहान स्थायी कमिटीको बैठकअघि पुनः दुई अध्यक्षवीच छलफल हुने बताइएको छ ।पछिल्लो समय नेकपामा विवाद चर्कंदै जाँदा एकापसमा आशंका र दूरी बढ्दै गइरहेको छ । सरकारले पार्टी फुटाउने अध्यादेश ल्याउने हो कि भन्ने प्रचण्ड–माधव पक्षमा अशंका छ भने बहुमतले प्रधानमन्त्रीबाट हटाउने हो कि भन्ने चिन्ता ओली पक्षलाई छ ।
    तर, भोलिको छलफलबाट अब यस्ता आशंका जन्माउने काम नगर्ने सहमति भएको नेताहरुले बताएका छन् ।

    नेकपा स्रोतका अनुसार भोलि विहान पुनः छलफलमा बस्नुअघि ओली र प्रचण्ड दुवै पक्षका नेता बसेर थप गृहकार्य गर्ने सहमति पनि भएको छ । सहमतिको खाका तयार गर्न ओली पक्षबाट बिष्णु पौडेल र शंकर पोखरेल तथा प्रचण्ड पक्षबाट वर्षमान पुन र जनार्दन शर्मालाई जिम्मा दिइएको छ ।


    आइतवार, आषाढ २१ २०७७०२:५५:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij