Aug 10 2026 | २०८३, श्रावण २५ गते

२०८३, श्रावण २५ गते
  • यो साता चर्चामा :
images

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक बिहीबारसम्मका लागि स्थगित

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक बिहीबारसम्मका लागि स्थगित

  • बुधवार, आषाढ २० २०८०

  • 493
    SHARES

  • एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक बिहीबारसम्मका लागि स्थगित
    काठमाडौं  । राष्ट्रियसभाको बैठक बिहीबार(भोलि)सम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षीको विरोधपछि बुधबार दिउँसो ३ बजेर एक मिनेटमा पुनः बस्ने गरी स्थगित भएको बैठक भोलिसम्मका लागि स्थगित  गरिएको छ ।
     
    संसद् सचिवालयका अनुसार आज दिउँसो ३ बजेर एक मिनेटमा बस्ने भनिएको बैठक विशेष कारणवश बस्न नसकेको र राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (२) बमोजिम सूचनाबाट आजै अपराह्न ४ः४६ बजे बस्ने गरी निर्धारण गरिएकोमा सो समयमा समेत विशेष कारणवश बैठक बस्न नसक्ने भएकोले सोही नियमावलीको नियम ६ को उपनियम (३) बमोजिम असार २१ गते भोलि दिउँसो १ः०१ बजे बस्ने छ ।
     
    यसअघि एमालेले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंहले दिल्ली धाएको’ भन्ने अभिव्यक्तिबारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जवाफको माग गर्दै बैठक अवरुद्ध गरेको थियो ।
     
    बैठकको शुरुमै एमाले सांसद देवेन्द्र दाहालले प्रधानमन्त्रीले सरदार प्रितम सिंहबारे दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गर्नुभएको थियो ।


    बुधवार, आषाढ २० २०८००५:३८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij