Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

१२ अंक बढ्यो सेयर बजार, कारोबार साढे २ अर्बमा सीमित

१२ अंक बढ्यो सेयर बजार, कारोबार साढे २ अर्बमा सीमित

  • मंगलवार, आषाढ १९ २०८०

  • 473
    SHARES

  • १२ अंक बढ्यो सेयर बजार, कारोबार साढे २ अर्बमा सीमित

    काठमाडौं । विगतका तीन कारोबार दिन लगातार घटेको सेयर बजार मंगलबार थामिएको छ ।

    यस दिन परिसूचक नेप्से १२.७३ अंक बढेर २०८८ अंकमा कायम भएको छ । कारोबार रकम भने जम्मा २ अर्ब ५७ करोडमा खुम्चिएको छ ।

    यसअघि हिजो ४ अर्ब ५ करोडको कारोबार भएको थियो । कुल १४५ कम्पनीको मूल्य बढ्दा ७२ को घट्यो भने ९ को स्थिर रहृयो । सबै उपसमूहका सूचक बढेका छन् । बैंकिङ १, विकास बैंक ३१, फाइनान्स ३५, होटल १३३, जलविद्युत् ३, जीवन बीमा ३०, उत्पादन ४०, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ७८, अन्य २४ र व्यापार उपसमूह १५ अंक बढे ।

    सिटी होटलको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । मानुसी लघुवित्त र सिंगटी हाइड्रोको ६ प्रतिशत हाराहारीमा मूल्य बढ्यो । बीपीडब्लू लघुवित्तको मूल्य १० प्रतिशत घट्यो ।

    कारोबार रकमका आधारमा नागरिक लगानी कोष, एनएलजी इन्स्योरेन्स, हिमालयन लाइफ इन्स्योरेन्स, शिवम् सिमेन्ट र सोल्टी होटल क्रमशः अगाडि रहे ।


    मंगलवार, आषाढ १९ २०८००६:०४:००
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij