Aug 13 2026 | २०८३, श्रावण २८ गते

२०८३, श्रावण २८ गते
  • यो साता चर्चामा :
images

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, यस्तो छ तयारी ?

सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, यस्तो छ तयारी ?

  • सोमवार, आषाढ १८ २०८०

  • 803
    SHARES

  • सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु, यस्तो छ तयारी ?

    काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ ।

    आजको बैठकमा कोशी प्रदेशमा नयाँ सरकार गठनको विषय छलफलको एजेन्डा रहेको छ । त्यस्तै, संसदीय समितिहरुको सभापति चयनका विषयमा पनि छलफल हुनेछ । विश्वासको मत पाउन नसक्दा शुक्रबार एमाले नेतृत्वको सरकार ढलेपछि कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको थियो ।

    संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सरकार गठनका लागि असार २१ गते साँझ ५ बजेभित्र दाबी पेस गर्न प्रदेश प्रमुख खापुङको आह्वान छ। ९३ सदस्यीय प्रदेशसभामा गठबन्धन दल कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीको एक गरी ४७ सांसद छन् ।

    यसका साथै संसदीय समितिको सभापतिको भागबन्डाका विषयमा छलफल हुने छ । प्रतिनिधिसभामा १० वटा विषयगत समिति र २ वटा संयुक्त समिति छन् । जसमा प्रमुख प्रतिपक्षी एमालेलाई एक संयुक्त समिति र दुई विषयगत समितिको नेतृत्व दिने सहमति भएको थियो ।

    यता सत्तारूढ कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाभित्र कुन समिति कसले लिने भनेर भागबन्डा मिलेको छैन । नेताहरूका अनुसार संसद्मा उपस्थितिका आधारमा समितिको नेतृत्व दिने राजनीतिक सहमति भएको थियो । कुन दललाई कुन समिति दिने भन्ने यकिन भएको छैन ।

     


    सोमवार, आषाढ १८ २०८००५:०३:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij