Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

विकासको वातावरण बन्न सक्ने मन्त्रालय लिएर मात्र सरकारमा सामेल हुन्छौं : जनमतका महासचिव सिंह

विकासको वातावरण बन्न सक्ने मन्त्रालय लिएर मात्र सरकारमा सामेल हुन्छौं : जनमतका महासचिव सिंह

  • सोमवार, आषाढ १८ २०८०

  • 839
    SHARES

  • विकासको वातावरण बन्न सक्ने मन्त्रालय लिएर मात्र सरकारमा सामेल हुन्छौं :  जनमतका महासचिव सिंह
    काठमाडौं । जनमत पार्टीका महासचिव चन्दन सिंहले आफूहरू सरकारमा जान खुट्टा उचालेर नबसेको दाबी गर्नुभएको छ ।
     
    नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै महासचिव सिंहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा सामेल गर्ने कुरामा लचकता देखाउनुभएको तर आफूहरू सरकारमा जान खुट्टा उचालेर नबसेको दाबी गर्नुभयो ।
     
    गठबन्धन र सरकार टिकाउने कुरामा प्रधानमन्त्री प्रचण्ड गम्भीर रहेकाले आजभोलि नै आफूहरू सरकारमा जाने कुरा टुंग्याउने बताउनुभयो ।
     
    जनमतलाई सरकारमा सहभागी गराउन हिजो प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष सीके राउतबीच भेटवार्ता थियो । आजपनि दुई नेताबीच छलफल हुने महासचिव सिंहले बताउनुभयो ।
     
    आफूहरू विकासको वातावरण बन्न सक्ने मन्त्रालय लिएर सरकारमा सामेल हुन चाहेको पनि सिंहले बताउनुभयो । 
     
    सरकारमा कुन मन्त्रालय लिने र त्यसमा कसलाई पठाउने भन्नेबारे अध्यक्ष राउतले नै निर्णय गर्ने पनि उहाँले बताउनुभयो । 
     


    सोमवार, आषाढ १८ २०८००८:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij