काठमाडौं । परराष्ट्रमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले शेरबहादुर देउवा योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा उहाँले देउवा भाग्यले प्रधानमन्त्री नभई काम र क्षमताले भएको बताउनुभयो ।
पाँच– पाँच पटक कुनै पनि माान्छेलाई लट्री नपर्ने साउदको भनाइ छ । एक फरक प्रसंगमा उहाँले लगानीमैत्री वातावरण बनाएर आर्थिक वृद्धिको प्रक्रियालाई अगाडि बढाउन सकिने भन्दै लोकतन्त्रमा सबैभन्दा भरपर्दो पार्टी कांग्रेस भएको बताउनुभयो ।
पार्टी पद्दतिमा विश्वास नगर्नेले देश सञ्चालन गर्न नसक्ने साउदको दाबी छ । त्यही भएर नयाँ पार्टीहरु लगातार विवादमा परिराखेको उहाँको दाबी छ । यस्तै वामपन्थीको चिन्तन उत्पादन नबढाइ वितरणमात्र बढाउने भएको मन्त्री साउदले बताउनुभयो ।
‘बाँड्दै जाँदा सबैलाई पुग्ने गरि बाँड्नुपर्छ। तर उनीहरु सबैलाई पुग्ने गरि बाँड्दैनन्। कतै धेरै त कतै अनिकाल पर्ने गरि वितरण गर्छन् । तत्कालीन एमाले नेतृत्वको सरकारले आर्थिक अनिकाल आउने परिस्थिति निर्माण गरेको उहाँको दाबी छ ।