Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रहरीको गोली लागेर युवकको ज्यान गएपछि फ्रान्समा देशभर प्रदर्शन, १५० जना पक्राउ

प्रहरीको गोली लागेर युवकको ज्यान गएपछि फ्रान्समा देशभर प्रदर्शन, १५० जना पक्राउ

  • बिहिवार, आषाढ १४ २०८०

  • 652
    SHARES

  • प्रहरीको गोली लागेर युवकको ज्यान गएपछि फ्रान्समा देशभर प्रदर्शन, १५० जना पक्राउ
    काठमाडौं । फ्रान्समा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएको छ। आन्दोलन रोक्ने प्रयासमा प्रहरीले १५० जनालाई नियन्त्रणमा लिएको छ।
     
    गत मंगलबार ट्राफिक जाँच भइरहेको स्थानमा कार नरोकेको भन्दै प्रहरीले कार चालक १७ वर्षीय युवक नाहेल एमलाई गोली हानेको थियो।
     
    गृहमन्त्री गेराल्ड डारमनिनले प्रदर्शनकारीले देशभरका स्कुल, टाउन हल र प्रहरी स्टेशनलाई निशाना बनाएको बताएका छन्।
     
    फ्रान्सका मिडियाका अनुसार प्रहरीले सुरुमा प्रहरीलाई कारले ठक्कर दिने उद्देश्यले नजिक आएपछि गोली चलाउनुपरेको बताएको थियो। तर सो घटनाको भिडियोमा प्रहरीले गाडीको झ्यालबाट युवकलाई पेस्तोल ताक्दै नजिक गएको र गोली हानेको देखिएको छ। समाचार एजेन्सी एएफपीले यो भिडियो फुटेजको सत्यता पुष्टि गरेको छ।
     
    फ्रान्सका राष्ट्रपति इम्मानुयल म्याक्रोनले प्रहरीले त्यसरी गोली चलाएको घटना माफीयोग्य नभएको बताएका छन्। देशभर तनावको स्थिति सिर्जना भएपछि उनले मन्त्रीहरूको आपतकालीन बैठकसमेत बोलाएको बीबीसीले जनाएको छ।
     
    समाचार एजेन्सी रोयटर्सका अनुसार प्रहरीको गोलीबाट मारिने युवक फ्रान्सिसी-अल्जेरियाई मूलको परिवारका सदस्य हुन्। सन् २०१७ देखि हालसम्म फ्रान्समा प्रहरीको गोलीबाट मारिनेहरू अधिकांश काला जातिका या अरब मूलका रहेका रोयटर्सले जनाएको छ।
     
    गत वर्ष फ्रान्समा ट्राफिक नियम उल्लंघनको घटनामा १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।


    बिहिवार, आषाढ १४ २०८००३:०६:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij