Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

ट्रम्पमाथि आयकर छलेको आरोप, के भन्छन् ट्रम्प ?

ट्रम्पमाथि आयकर छलेको आरोप, के भन्छन् ट्रम्प ?

  • सोमवार, आश्विन १२ २०७७

  • 1.0K
    SHARES

  • ट्रम्पमाथि आयकर छलेको आरोप, के भन्छन् ट्रम्प ?

    एजेन्सी । अर्बपति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि आय कर नतिरेको आरोप लागेको छ । ट्रम्पले एक दशकसम्म कर छलेको आरोप लागेको हो ।

    अमेरिकी पत्रिका द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले आफू राष्ट्रपतिमा निर्वाचित भएको वर्ष सन् २०१६ मा पनि आय करवापत जम्मा ७५० डलर मात्रै तिरेका छन् ।

    राष्ट्रपतिमा निर्वाचित भएकै वर्ष अर्बौका मालिक ट्रम्पले संघीय आयकर ७५० डलर मात्रै तिरेको खुलासा भएको न्यूयोर्क टाइम्सको खबरलाई उदृत गर्दै अन्तर्राष्ट्रिय समाचारहरुले उल्लेख गरेका छन् ।

    न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले पछिल्लो १५ वर्ष मध्ये १० वर्ष त आय कर नै तिरेका छैनन् । कम्पनी नोक्सानमा गएको जनाएर ट्रम्पले कर छली गरेको जनाइएको छ ।

    दोस्रो कार्यकालका लागि राष्ट्रपतिको दौडमा रहेका ट्रम्पमाथि मतदान हुन एक महिना बाँकी रहेका समयमा कर छलीको आरोप लागेको हो ।

    यता, राष्ट्रपति ट्रम्पले न्यूयोर्क टाइम्सको खबरलाई पूर्णतः झूठो खबर भन्दै आपत्ति जनाएका छन् । ट्रम्पले खबरमा सत्यता नभएको र आफूले कर तिरेको जिकिर गरेका हुन् ।

     


    सोमवार, आश्विन १२ २०७७०६:१६:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij