Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नक्कली शरणार्थी प्रकरणबारे थप कामकारबाही अघि बढ्छ : गृहमन्त्री श्रेष्ठ

नक्कली शरणार्थी प्रकरणबारे थप कामकारबाही अघि बढ्छ : गृहमन्त्री श्रेष्ठ

  • आइतवार, आषाढ १० २०८०

  • 615
    SHARES

  • नक्कली शरणार्थी प्रकरणबारे थप कामकारबाही अघि बढ्छ : गृहमन्त्री श्रेष्ठ

    काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले तथ्य र प्रमाणका आधारमा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा थप कामकारबाही अघि बढ्ने बताउनु भएको छ।

    आइतबार प्रतिनिधि सभाको बैठकमा बजेटमाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिने क्रममा उहाँले यस्तो बताउनु भएको हो ।

    यसअघि नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व मन्त्रीहरु सहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन काठमाण्डौं जिल्ला अदालतले आदेश दिइसकेको छ ।

    पहिलो चरणको अनुसन्धान पूणर् नभएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले दोस्रो चरणको अनुसन्धानका लागि प्रहरीलाई निर्देश गरेको छ । दोस्रो चरणको अनुसन्धानपश्चात तथ्य र प्रमाणका आधारमा थप कामकारबाही हुने गृहमन्त्री श्रेष्ठले बताउनुभएको छ।


    आइतवार, आषाढ १० २०८००३:१०:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij