Nov 05 2026 | २०८३, कार्तिक २० गते

२०८३, कार्तिक २० गते
  • यो साता चर्चामा :
images

देउवाविरुद्ध काँग्रेसको असन्तुष्ट पक्षले विरोधपत्र आज बुझाउने, अल्टिमेटम दिने तयारी

देउवाविरुद्ध काँग्रेसको असन्तुष्ट पक्षले विरोधपत्र आज बुझाउने, अल्टिमेटम दिने तयारी

  • सोमवार, आश्विन १२ २०७७

  • 787
    SHARES

  • देउवाविरुद्ध काँग्रेसको असन्तुष्ट पक्षले विरोधपत्र आज बुझाउने, अल्टिमेटम दिने तयारी

    काठमाडौं । नेपाली काँग्रेसको असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालय सानेपामा हिजो बुझाउने भनेको विरोधपत्र आज बुझाउने भएको छ ।
    असन्तुष्ट पक्षकै नेताहरुका बीचमा छलफल र केही तयारी नपुगेकाले हिजो बुझाउन नसकिएको र आज बुझाउन लागेको नेताहरुले बताएका छन् ।
    पार्टीको संस्थापन पक्षले विधान विपरित एकलौटी निर्णय गरेको भन्दै त्यसलाई सच्याउन एक हप्ते म्याद दिदै उनीहरुले ज्ञापन पत्र बुझाउन लागेका हुन् ।

    सभापति शेरबहादुर देउवाले तोकिएको म्याद भित्र नसच्याए थप दवावमुलक कार्यक्रमहरु गर्ने तयारी पनि असन्तुष्ट पक्षले गरेको छ ।
    बरिष्ठ नेता रामचन्द्र पौडेलसहित संस्थापन इतर समूहले बुझाउन लागेको ज्ञापनपत्रमा तोकिएको म्याद भित्र निर्णय नसच्चिए धर्ना, अनशनसहितका विभिन्न आन्दोलन तथा दवावमुलक कार्यक्रमहरु गर्ने उल्लेख गरिएको छ ।

    पार्टीको तेस्रो धारका नेता मानिनु हुने पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले भने पौडेल पक्षको विरोधपत्रमा सहभागी हुन अस्विकार गर्नुभएको छ ।उहाँले आफ्नो तर्फबाट देउवालाई छुट्टै तरिकाले दवाव दिने र पार्टी भित्रको विवाद कम गर्न प्रयास गर्ने पनि बताउनुभएको छ ।

    महाधिवेशनलाई प्रभावित गर्नेगरी सभापति देउवाले एकपक्षीय निर्णयहरु गरेको ठहर गर्दै काँग्रेस भित्र विवाद चर्किदै गएको छ ।
    वैधानिक कार्यकाल सकिएपछि र महाधिवेशन मिति घोषणा भइसकेपछि सभापति देउवाले विभाग गठन गरेर निर्वाचन आचारसंहित मिचेको असन्तुष्ट पक्षको तर्क छ ।

    महाधिवेशनको प्रक्रिया सुरु भइसकेपछि गरिएको विभाग गठन गुटगत र व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित रहेको उनीहरूको आरोप छ।
    त्यस्तै क्रियाशील सदस्यता वितरणमा पनि सभापति पक्षले पारदर्शिता नअपनाएको उनीहरुको गुनासो छ ।

    असन्तुष्ट पक्षले नेतृत्वले पार्टीको स्रोत र साधन दुरुपयोग गर्दै विधानविपरीत आफ्नो स्वार्थका लागि क्रियाशील सदस्यता वितरणमा धाँधली गरेको भन्दै असन्तुष्टि जनाउदै आएको छ ।

     


    सोमवार, आश्विन १२ २०७७०८:५४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij