Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै हल सञ्चालकहरूले दर्ता गरे बालेनविरुद्ध रिट

हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै हल सञ्चालकहरूले दर्ता गरे बालेनविरुद्ध रिट

  • बुधवार, आषाढ ६ २०८०

  • 945
    SHARES

  • हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै हल सञ्चालकहरूले दर्ता गरे बालेनविरुद्ध रिट
    काठमाडौं । काठमाडौंका हलहरूमा हिन्दी फिल्म प्रदर्शन गर्न नदिएको भन्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह ‘बालेन’ विरुद्ध हल सञ्चालकहरूले उच्च अदालत पाटनमा रिट दर्ता गरेका छन्।
     
    क्षेत्राधिकारभन्दा बाहिरको कुरामा हस्तक्षेप गरी हिन्दी फिल्म ‘आदिपुरुष’ प्रदर्शनमा रोक लगाएको भन्दै बुधबार(आज) उनीहरूले बालेनविरुद्ध रिट दर्ता गरेका हुन्। 
     
    मुद्दाको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ।  बिहीबार नै अन्तरिम आदेश जारी गर्न हल सञ्चालकहरूले उच्च अदालतसँग माग गरेका छन्।
     
    बालेनले  भारतीय फिल्म ‘आदिपुरुष’मा सीतालाई भारतको छोरी भनिएको भन्दै काठमाडौंको हलमा प्रदर्शन गर्न रोक लगाउनुभएको थियो। 


    बुधवार, आषाढ ६ २०८००३:४०:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij