Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रचण्ड संखुवासभाको तुम्लिङटारमा...

प्रचण्ड संखुवासभाको तुम्लिङटारमा...

  • सोमवार, आषाढ ४ २०८०

  • 1.2K
    SHARES

  • प्रचण्ड संखुवासभाको तुम्लिङटारमा...

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाढी पहिरो प्रभावित क्षेत्रको अवलोकन गर्ने सिलसिलामा संखुवासभाको तुम्लिङटार पुग्नुभएको छ ।

    प्रधानमन्त्री प्रचण्डले आजै ताप्लेजुङ र पाँचथरको पनि अवलोकन गरी काठमाडौं फर्किने कार्यक्रम छ ।

    प्रधानमन्त्री प्रचण्डले जिल्लाका जनप्रतिनिधिहरुसहित नेपाली सेनाको हेलिकोप्टरमार्फत् बाढीपहिरो प्रभावित क्षेत्रको अवलोकनमा जानुभएको हो ।

    साथै अवलोकन गर्नेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भौतिका पूर्वाधारमन्त्री प्रकाश ज्वाला र शहरी विकास मन्त्री सीता गुरूङ, एमाले सचिव योगेश भट्टराई, वसन्त नेम्वाङ पनि हुनुहुन्छ ।

    प्रधानमन्त्री प्रचण्डले संखुवासभाका प्रमुख जिल्ला अधिकारीसँग जिल्लामा राहत र उद्धारका लागि भइरहेका गतिविधिबारे जिज्ञासा राख्नुभएको थियो। प्रधानमन्त्री प्रचण्डले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उद्धार, राहत र बेपत्ताहरुको खोजी कार्यमा जिल्लाका सबै सरकारी संयन्त्रलाई निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    साथै प्रधानमन्त्री प्रचण्डले तत्कालै पुल भत्किएको ठाउँमा बेलिब्रिज जोडेर सडक सञ्जालमा जोड्न, घरबार विहीनलाई आवासको व्यवस्था मिलाउन पनि निर्देशन दिनुभएको छ ।


    सोमवार, आषाढ ४ २०८००२:५०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij