Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पौडेल समूहको विरोधपत्रमा सिटौला समूहले हस्ताक्षर नगर्नुको कारण यस्तो

पौडेल समूहको विरोधपत्रमा सिटौला समूहले हस्ताक्षर नगर्नुको कारण यस्तो

  • आइतवार, आश्विन ११ २०७७

  • 894
    SHARES

  • पौडेल समूहको विरोधपत्रमा सिटौला समूहले हस्ताक्षर नगर्नुको कारण यस्तो

    काठमाडौं । पार्टी (नेपाली कांग्रेस) सभापति शेरबहादुर देउवालाई बुझाउन वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तयार पारेको विरोध पत्रमा कृष्ण सिटौला समूहले हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

    समायोजन, क्रियाशील सदस्यता, विभागहरु गठन, भातृ तथा शुभेच्छुक संस्थाको मुद्दा उठाएर पौडेल समूहले विरोधपत्र बनाएको छ, जसमा महामन्त्री शशांक कोइराला र कोषध्यक्ष सीतादेवी यादवसहित २७ केन्द्रीय सदस्यले हस्ताक्षर गरेका छन् ।

    विरोधपत्रमा सिटौला समूहको पनि हस्ताक्षर लिने पौडेल समूहको प्रयास थियो । आज विहान आफ्नै निवास बोहोराटारमा भएको भेटमा वरिष्ठ नेता पौडेलले विरोधपत्रमा हस्ताक्षर गर्न सिटौलालाई आग्रह गर्नुभएको थियो ।

    तर सिटौलाले आफ्नो समूहले हस्ताक्षर नगर्ने बताउनुभएको हो । मुद्दाका आधारमा आफ्नो समर्थन र विरोध हुने भन्दै उहाँले पौडेल समूहले उठाएको मुद्दाहरुमा आसन्न केन्द्रीय कार्यसमितिमा आफ्नो धारणा राख्ने बताउनुभएको छ ।

     


    आइतवार, आश्विन ११ २०७७०३:११:११
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij