Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्रिपरिषद् बैठक जारी, मन्त्रीहरु आजै फेरबदल हुने सम्भावना कति ?

मन्त्रिपरिषद् बैठक जारी, मन्त्रीहरु आजै फेरबदल हुने सम्भावना कति ?

  • आइतवार, आश्विन ११ २०७७

  • 1.5K
    SHARES

  • मन्त्रिपरिषद् बैठक जारी, मन्त्रीहरु आजै फेरबदल हुने सम्भावना कति ?

    काठमाडौं । प्रधानमन्त्रीको निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक अहिले जारी छ । आकस्मिक बैठकबाहेक मन्त्रिपरिषद्को नियमित बैठक सामान्यतया सोमबार र बिहीबार बस्ने गरेको छ ।

    यसअघि, बिहीबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले केही मन्त्रीको लागि यो बैठक अन्तिम हुनसक्ने भएकाले अन्यथा नलिन आग्रह गर्नुभएको थियो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठनका विषयमा नीतिगत छलफल गरेसँगै आकस्मिक रुपमा बोलाइएको बैठकलाई चासोको रुपमा हेरिएको छ ।

    मन्त्रिपरिषद् बैठकको पूर्वसंध्यामा आज बिहान नेकपाका अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच करिब दुई घण्टा लामो छलफल भएको थियो । दुई नेताबीच संवैधानिक नियुक्ति, मन्त्रिपरिषद् पुनर्गठन र समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

     


    आइतवार, आश्विन ११ २०७७०२:३०:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij