Aug 09 2026 | २०८३, श्रावण २४ गते

२०८३, श्रावण २४ गते
  • यो साता चर्चामा :
images

प्रेम आलेलाई मन्त्री किराँतीको मुखभरीको जवाफ

प्रेम आलेलाई मन्त्री किराँतीको मुखभरीको जवाफ

  • बिहिवार, जेठ ३२ २०८०

  • 972
    SHARES

  • प्रेम आलेलाई मन्त्री किराँतीको मुखभरीको जवाफ

    काठमाडौं । पर्यटनमन्त्री सुदन किराँतीले नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेलाई बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो भन्दै चेतावनी दिनुभएको छ ।

    पूर्वपर्यटनमन्त्री आलेले सदनमा किराँतीलाई स्टन्ट मन्त्रीको संज्ञा दिँदै भ्रष्टाचारी र चोरको संरक्षक बनेको आरोप लगाएपछि उहाँले चेतावनीपूर्वक जवाफ फर्काउनुभएको हो ।

    किराँतीले फेसबुकमा लेख्नुभएको छ, ‘बारुदको पहाडमा उभिएर सलाइ नखेलाउँदा राम्रो । म धेरै कुरा जान्दिनँ, देश र जनताको लागि राम्रो काम गर्नु पर्छ भन्ने मात्र जान्दछु । पुर्खाले भन्थे आफ्नो शरीरमा हात्ती बोकेर अर्काको आङको जुम्रा नटिप्नू ।’

    उहाँले आफू देश र जनताको लागि राम्रो काम गर्नमात्रै जानेको बताउनुभएको छ ।


    बिहिवार, जेठ ३२ २०८००५:५६:५३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij