Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्धालाई कमजोर तुल्याउन खोजिएको भन्दै चौतर्फी आलोचना, बारका अध्यक्ष नै प्रतिवादीको बहसमा (खास खबर)

नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्धालाई कमजोर तुल्याउन खोजिएको भन्दै चौतर्फी आलोचना, बारका अध्यक्ष नै प्रतिवादीको बहसमा (खास खबर)

  • बुधवार, जेठ ३१ २०८०

  • 695
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरणः मुद्धालाई कमजोर तुल्याउन खोजिएको भन्दै चौतर्फी आलोचना, बारका अध्यक्ष नै प्रतिवादीको बहसमा (खास खबर)

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्धालाई कमजोर पार्न खोजिएको भन्दै चौतर्फी आलोचना शुरु भएको छ । प्रतिवादीको पक्षमा बारका अध्यक्षलगायतको समूह बहसमा उत्रिएपछि अभियुक्तलाई छुट्कारा दिने रणनीति शुरु गरिएको भन्दै आलोचना भएको हो । आजको बहसमा पूर्वमहान्यायाधिवक्ताद्वय खम्बहादुर खाती र रमणकुमार श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायतलाई हचुवाको भरमा मुद्दा लगाइएको जिकिर गर्नुभएको थियो । सरकारी वकिलहरुमाथि आक्रोशित द्वयले कसुर ठहरिने कुनै प्रमाणविनै कसैले बयानमा पोलेको आधारमा अदालतमा मुद्दा थोपरेको तर्क गर्नुभएको थियो । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले कानून व्यवसायीको धर्मनै वादी, प्रतिवादीका पक्षबाट बहस गर्नु रहेको भन्दै यो विषयमा टिप्पणी आवश्यक नरहेको बताउनुभयो ।

    फासीको सजाय भएका मुलुकहरुमा समेत वादी, प्रतिवादी वकिलहरुले आफ्नो भूमिका फेर्नसक्ने बताउँदै घिमिरेले आफूहरुमाथि लागेको आरोपको खण्डन गर्नुभयो । कुनैपनि मुद्धामा अभियुक्त ठहर भएकाहरुले आफ्नो भनाइ सहज रुपमा राख्न पाउनुपर्ने उहाँको जिकिर रहेको छ ।

    यसअघि घिमिरेले पूर्वगृहमन्त्री खाणलाई फसाउन नै प्रहरीले आफैं प्रमाण खडा गरेको दाबी गर्नुभएको थियो । सचिव टेकनारायण पाण्डेले समेत प्रहरीले दबाब दिएर बयान गर्न लगाएर खाणको नाम मुछ्न लगाइएको बताएपछि खाणमाथिको आरोप निराधर रहेको घिमिरेको भनाइ छ ।
    उता, मुद्धा कमजोर पार्ने प्रपञ्च चलिरहेको आरोप लागेका बेला भ्रष्टाचार गर्नेलाई कुनै हालतमा नछोडिने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनुभयो । यो बेला आफ्नो अन्तिम परिक्षण भएकोले पनि पार्टीको समेत ईज्जत जोडिएको प्रचण्डको जिकिर छ ।

    राज्य संयन्त्रलाई नै दुरुपयोग गरी आफ्नै नागरिकलाई अनागरिक बनाउने जो कोहीलाई पनि छोड्न नहुने सर्वसाधारणहरुको दबाब छ । यदि त्यो प्रकरणमा भीभीआईपी भनिनेहरुको संलग्नता नदेखिएको भए को संलग्न रहे त दुधको दुध पानीको पानी प्रष्ट हुन जरुरी देखिन्छ । मुद्धालाई नै कमजोर पारेर विश्वमाझ नेपालीको बदनाम गर्ने छुट कसैलाई पनि छैन । नेपाल प्रहरीको अनुसन्धान र जिल्ला अदालत काठमाडौंको थुनछेक बहसमा कसैको दबाब र प्रभाव नमिसियोस् ।।
    यसैबीच, भुटानी शरणार्थी प्रकरणमा आज पूर्वगृहमन्त्री खाण, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ र पूर्व सभासद् आङटावा शेर्पाको तर्फबाट बहस भएको छ । आज प्रतिवादीको तर्फबाट बहस सक्न न्यायाधीश प्रेमप्रसाद न्यौपानेले समय दिएपनि बहस पुरा भएन । प्रतिवादीहरू हरिभक्त महर्जन, लक्ष्मी महर्जन र शरणार्थी नेता टेकनाथ रिजालको तर्फबाट भोलि थुनछेक बहस हुने भएको छ ।

     


    बुधवार, जेठ ३१ २०८००८:१९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij